Logo

२०८३, श्रावण २७गते


images
images

चितवन दुर्घटना: घाइतेको संख्या बढेर ३३ पुग्यो

चितवन दुर्घटना: घाइतेको संख्या बढेर ३३ पुग्यो

images
  • चितवन दुर्घटना: घाइतेको संख्या बढेर ३३ पुग्यो
    images
    images

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते हुनेको संख्या ३३ पुगेको छ ।

    images
    images
    images

    बिहान काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएका सबै ३३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    images
    images
    images

    दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनापछि केही समय दुवैतर्फ अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड अहिले सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।