Logo

२०८३, आश्विन ९गते


images
images

एक्लै डाक्टर तर छिटो र छरिताे सेवा

एक्लै डाक्टर तर छिटो र छरिताे सेवा

images
  • सेतोमसी सहकर्मी
  • एक्लै डाक्टर तर छिटो र छरिताे सेवा
    images
    images

    कृष्ण अन्जान गुल्मी ,
    युवाहरुमा जाेश त हुन्छ नै तर जब जाेशमा हाेस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन ।
    रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ रिडीमा रहेकाे रुरु प्राथमिक  यतिबेला जाेश सँगै हाेस सम्हालेका युवा डाक्टर विकाश पन्थी कार्यरत हुनुहुन्छ ।
    धेरै लामाे समय भएकाे छैन रुरु प्राथमिक स्वास्थ केन्द्रकाे प्रमुखकाे पद सम्हालेकाे तर यति बेला डाक्टर विकास पन्थीकाे चर्चा याे क्षेत्रमा छ ।
    रुरुक्षेत्र गाउँ पालिकामा करिब २० हजारकाे हाराहारीमा जनसंख्या छ सँगै याे क्षेत्र वरिपरि पाल्पाको अर्गली कुसेनी स्याङ्जाको कालिगण्डकी रुरुक्षेत्र नजिकैकाे सत्यवति र पाल्पाकाे रैनादेवि गाउँ पालिका र क्षत्रकाेट गाउँ पालिकाकाे रिडीखाेला काे तटिय क्षेत्रका हजारौं जनता थपिँदा करिब पचास हजार भन्दा बढिकाे जन स्वास्थकाे अाशाकाे केन्द्र रुरु प्राथमिक स्वास्थ केन्द्र हाे ।
    यतिबेला नयाँ भेरियन्ट सहितकाे काेभिडकाे सँक्रमण छ रुरु स्वास्थ्य केन्द्र मा अरु राेगका दैनिक एक सय भन्दा बढिकाे स्वास्थ्य जाँच हुन्छ र याे जाँचकाे जिम्मा एक्ला डाक्टर विकासकाे काँधमा छ ।
    पछिल्लो चरणमा दैनिक एक सय भन्दा वढि बिरामी दैनिक जाँच गर्नु पर्ने अवस्था छ ।
    रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति छैन कम्तिमा तीन जना डाक्टरकाे व्यवस्था हुनु पर्छ ल्यावमा प्राविधिककाे अभाव छ बिरामी  यति धेरै बिरामीकाे चाप हुने ठाउँ जनशक्तिकाे व्यवस्थापन पनि त्यतिनै मात्रमा राज्यले गर्नु पर्छ डाक्टर विकास भन्नु हुन्छ ।
    अाम जनसनुदायकाे स्वास्थ जाँच परामर्श र अाैषधिउपचार हाम्राे जिम्मेवारी हाे र अाफ्नाे जिम्मेवारी बहन गर्दा मलाई थकाई लाग्दैन डाक्टर विकास पन्थी भन्नु हुन्छ ।
    रुरु स्वास्थ केन्द्र बाट इमर्जेन्सी सेवा ,रात्रिकालिन इमर्जेन्सी सेवा ,एक्सरे, भिडियाे एक्सरे लगाएतका सेवा हरु प्रदान गरिन्छ र सबै मा एक्ला डाक्टर विकास पन्थीकाे सकृयता बढि छ ।
    करिब पन्द्र जना स्टाफकाे परिचालन ,प्रशासनिक काम , बिरामी जाँच ,तर डाक्टर पन्थी मानवकाे रुपमा मेशिनहुनुहुन्छ ।
    पछिल्लो चरणमा नयाँ भेरियन्ट सहितकाे काेभिड सँक्रमणले रुरु स्वास्थ केन्द्रलाई नया जिम्मेवार थपेकाे छ । रिडीकाे रातामाटामा स्थापित अाइसाेलेसन सेन्टरकाे व्यवस्थापन सँगै अक्सिजन र उपाचारकाे जिम्मेवारी पनि डाक्टर विकास पन्थी माथि छ ।
    आईसाेलेसनमा आउने बिरामीका लागि अक्सिजनकाे जाेहाे गर्न डाक्टर विकास पन्थीकाे कृयाशिलता पनि उदाहरणीय छ ।
    मुख्यतया रिडी बजारका सामाजिक अभियन्ता हरुकाे सकृयता र विभिन्न सँघ सँस्था राजनीतिक व्यक्तित्व हरुकाे पहल र सहयाेगले अाइसाेलेसन व्यवस्थापन र अक्सिजन अापुर्ति मा धेरै सजिलाे भएकाे डाक्टर पन्थीकाे भनाई छ ।
    रुरु स्वास्थ केन्द्रले यतिबेला एक सय सत्तरी प्रकारका अाौषधि हरु बितरण गर्दै अाएकाे छ स्वास्थ विमा कार्यक्रमका कारण पनि बिरामीकाे चाँप बढेकाे पाइन्छ ।
    रुरु स्वास्थ केन्द्र बाट अत्याधुनिक सेवाका प्रदान गर्ने लक्ष अनुरुप डिजिटल एक्सरे  मशिन र कलर डाेप्लर अल्ट्रासाउन्ड मशिन जडान गरिएकाे डाक्टर पन्थीले बताउनु भयाे  ।
    स्वाच्छ सफा अस्पताल र छरितो स्वास्थ सेवा सँगै गुनासाे रहित व्यवहार अाफ्नाे पहिलाे प्राथमिकता रहेकाे युवा डाक्टर पन्थीकाे बनाई छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।