Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु

गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु
    प्रतिकात्मक तस्बिर
    images
    images

    सन्तोष महतारा, २६ साउन गुल्मी ,
    गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रोतडीकी २८ वर्षीया सुत्केरी आमा शुसिला पोखरेल मरासिनीको मृत्यु भएको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए । सोमवार साँझ टाउको र ढाड दुखेको बताउने सुशिलाको मङ्गलबार पौने १ बजे मृत्यु भएको अहेव पोखरेलले जानकारी दिए । 

    images
    images
    images

    सुशिलाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा शरिरमा रगतको मात्रा केही देखिएको र ब्लड प्रेसर कम भएको अहेव पोखरेलले बताए । उनलाई सामान्य प्रकारको औषधी चलाइएको थियो । मङ्गलबार सुशिलाको स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि लैजाने तयारी हुदाहुदै एम्बुलेन्स नपुग्दै मृत्यु भएको छिमेकीले बताएका छन् । ४३ दिनकी छोरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुशिलाका ७ वर्षीय छोरा समेत रहेका छन् । सुशिलाको मृत्युको खास कारण नखुलेको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।