Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

देवदहकी सरस्वतीलाई कतारमा पुरस्कृत गर्दै रमेश स्मृति कोष

देवदहकी सरस्वतीलाई कतारमा पुरस्कृत गर्दै रमेश स्मृति कोष

कतारको इतिहासमै पहिलोपटक महिला स्रष्टा समानित हुने आयोजकको दावी
images
  • देवदहकी सरस्वतीलाई कतारमा पुरस्कृत गर्दै रमेश स्मृति कोष
    images
    images

    देवदह । रमेश स्मृति कोषले कतारमा कार्यक्रम गरी देवदहकी साहित्यकार सरस्वती बस्याललाई पुरस्कृत गर्ने भएको छ । कतारको नज्मास्थित एसियन स्टारमा सन् २०२४ मे १७ मा बस्याललाई ‘रमेश स्मृति सम्मान-२०८०’बाट पुरस्कृत गर्न लागिएको कोषका सोतन्त्र नेपालले जानकारी दिए ।

    images
    images
    images

    कोषका दीप मिलनको संयोजकत्वमा राजीव सापकोटा र सोतन्त्र नेपाल सदस्य रहेको छनोट समितिले २०८० फागुन २१ गते भत्किएको पर्खाल कृतिका लागि बस्याललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

    images
    images
    images

    बस्याल रूपन्देहीको देवदहमा बसेर साहित्यिक गतिविधीमा सक्रिय छन् । स्थानीय अनुराग साहित्य समाजकी वरिष्ठ उपाध्यक्ष समेत रहेकी उनी २०७२ सालदेखि प्रदान गरिँदै आएको यो पुरस्कार प्राप्त गर्ने पहिलो महिला स्रष्टा हुनेछन् । यो संगै कतारको इतिहासमै पहिलोपटक महिला स्रष्टा सम्मानित हुने आयोजकको दावी छ । 

    images
    images
    images

    नेपाली साहित्यको चोटिलो मुक्तक विधामा सक्रिय साधनासँगै सम्भवत: देशमै पहिलोपटक आमा छोराको संयुक्त कृति निकालेर अतुलनीय योगदान गर्नुका साथै हरिलट्ठकसँग सम्बधित क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले बस्याललाई सम्मान प्रदान गर्न लागिएको कोषले जनाएको छ।

    विक्रम संवत् २०३७ साल फाल्गुण २१ गते जन्मिएका साहित्यकार रमेश हरिलठ्ठकको २४ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएपछि उनको सम्झनामा २०७२ सालमा कोष खडा गरि हरेक वर्ष स्रष्टा सम्मान गरिदैं आएको छ । यसअघि नेपालमै कार्यक्रम गरि पुरस्कार वितरण गरेको संस्थाले यसपटक भने कतारमा कार्यक्रम गरि स्रष्टा सम्मान गर्न लागेको हो । सोही कार्यक्रममा लेखक पूर्ण बिसीको उपन्यास ‘आमा’ समेत सार्वजनिक गरिने कोषले जनाएको छ । 

    कोषले यसअघि साहित्यकार शेखर अस्तित्व, सुवास आगम, बुँद राना, निर्मल ढुंगाना, तिर्थसंगम राईसहित ७ जना स्रष्टालाई सम्मान गरिसकेको छ । 

    साहित्यकार हरिलठ्ठकका अंग्रेजी भाषामा टेन गजल नामक गजलसंग्रह पनि प्रकाशित छ ।

    कतारमा हुने कार्यक्रममा उज्यालो लालटिन प्रतिष्ठान, देवदह  र विशाल अनलाइन सोलुसन, बुटवल सहयोगी संस्थाको रूपमा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।