कृष्ण अन्जान, रुरुक्षेत्र । गुल्मेली कफि उत्पादनकाे इतिहासले त्रियानव्वे वर्ष पार गर्दैछ । बिक्रम सम्बत १९९५ सालमा आँपचौरका हिरा गिरीले बर्माबाट गाेडा चार गेडा कफिका बिउ ल्यएर आँपचाैरमा लगाए पछि गुल्मीमा कफि खेती भित्रिएकाे जानकारहरु बताउँछन ।
तिनै हिरा गिरीले कफि खेति लगाए पछि उनैले राेपेका बाेटहरुबाट बीउ उत्पादन गरेर आँपचौर भरि र कफि लगाइएकाे र त्यहि बिउनै गुल्मी जिल्ला भरि फैलिएकाे हाे ।
त्यसाे त हिरा गिरी कफि खेतिका संस्थापक ईतिहास बन्नु भयाे वहाँकाे पदचिन्हलाइ पच्छ्याउँदै हिँडेका कफि खेतिका अभियन्ता धेरै छन र यिनै अभियन्ता मध्येका एक हुनुहुन्छ - जँग बहादुर पचभैया । 
रुरुक्षेत्र गाउँ पालिका वडा न ४ का कफि खेतीका अभियन्ता जँग बहादुर पचभैयाकाे कतै चर्चा छैन । मिडियाकाे पहुँचबाट पनि टाढा रहेका पचभैया गुल्मेली कफि खेतिकाे विकासमा आफुलाइ समर्पित गर्ने लुकेका अभियन्ता हुनुहुन्छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा न ४ काे भँगेरी डाँडामा रहेकाे कफि अनुसन्धान कार्यक्रमकाे कार्यालय परिसरमा पुग्दा एक जना हाेँचा हाेँचा मंगाेलियन अनुहारका व्यक्तिलाइ कफि बँगैचामा कफिका बाेटहरुकाे काँटछाँट खनखाेरस गर्दै मायाले कफिका बाेटहरु मुसारेकाे देख्न पाइन्छ । वहाँ नै जँग बहादुर पचभैया हुनुहुन्छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा न ४ काे भँगेरी डाँडामा रहेकाे कफि अनुसन्धान कार्यक्रमकाे कार्यालय परिसरमा पुग्दा एक जना हाेँचा हाेँचा मंगाेलियन अनुहारका व्यक्तिलाइ कफि बँगैचामा कफिका बाेटहरुकाे काँटछाँट खनखाेरस गर्दै मायाले कफिका बाेटहरु मुसारेकाे देख्न पाइन्छ । वहाँ नै जँग बहादुर पचभैया हुनुहुन्छ ।
२०५९ साल देखि कफि खेति तर्फ लाग्नु भएका पचभैयाका लागि कफि अनुसन्धान कार्यक्रम एउटा सपना र त्याे सपना आफ्नै गाउँ नजिकै स्थापना भएपछि चौविसै घण्टा त्यहि कफि अनुसन्धान कार्यक्रमकाे कफि बँगैचाकाे खनखाेरस वहाँकाे दिनचर्या बनेकाे छ । 
रुरु ४ काे भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रमकाे कार्यालय र कफि बगैँचा बन्न सक्छ भनेर भनि रहँदा कसैले विश्वास गरेका थिएन तर सरकारले भण्डारी डाँडालाइ नै कफि अनुसन्धान कार्यक्रमका लागि छनौट गरेपछि आफुले देखेकाे सपना पूरा भएकाे पचभैयाकाे भनाइ छ ।
भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रम आए देखि नै पचभैयाले कफिकाे प्राविधिक पक्षमा आफुलाइ समर्पित गर्नु भएकाे छ । कफि अनुसन्धान कार्यक्रमकाे परिसर भित्र लगाइएका कफिका हरेक बाेटसँग पचभैयाकाे परिश्रमकाे गाथा जाेडिएकाे कफि अनुसन्धानका प्राविधिक अधिकृत शमसेर बस्नेतकाे भनाई छ । 
गज्जबकाे कुरा त के छ भने कफि नर्सरी भित्र जंग बहादुर पचभैयाकाे नामबाट जंग पाहुना ब्लककाे स्थापना गरिएकाे छ र यहि ब्लक भित्रका कफिका बाेटहरु हेर्न लायकका छन ।
कहिलेकाही तालिम लिएका भरमा वहाँ भित्र कफि खेतिका लागि बिरुवा छनौट, माटाेकाे उपचार, नर्सरी व्यवस्थापन, कफिमा लाग्ने राेग त्यसकाे उपचार विधि, सँगै कफिकाे रेखदेख देखी उत्पादन, प्रसाेधन र प्याकेजिँग सम्मकाे ज्ञान वहाँमा छ ।
पचभैयाले कफि खेतिबारे कहिँ कतै औपचारिक शिक्षा लिनु भएकाे छैन । कहिलेकाही तालिम लिएका भरमा वहाँ भित्र कफि खेतिका लागि बिरुवा छनौट, माटाेकाे उपचार, नर्सरी व्यवस्थापन, कफिमा लाग्ने राेग त्यसकाे उपचार विधि, सँगै कफिकाे रेखदेख देखी उत्पादन, प्रसाेधन र प्याकेजिँग सम्मकाे ज्ञान वहाँमा छ । जुन हेर्दा लाग्छ पचभैया कफिकाे अनुसन्धानका बैज्ञानिक हुनुहुन्छ ।
कफि अनुसन्धान केन्द्रमा दैनिक ज्यालादारीमा काम गर्ने जँग बहादुर पचभैयाकाे परिश्रमले यतिबेला उजाड भण्डारी डाँडा कफीका बाेटहरुले हराभरा मात्र छैन नेपाल भरि कफिका नाम लिँदा भण्डारी डाँडा सबैले सम्झिने र पुग्नै पर्ने ठाउँकाे रुपमा परिचित भएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology