गएकाे बैशाख महिनाकाे एउटा साँझ, पारिकाे गाउँ तिर हेर्दै आमाले भन्नुभाे । त्यहाँ दुईवटा घरमा बत्ति बल्न छाडेछन । त्यतिबेला मैले भनेकाे थिएँ - आमा सायद ती घरका मान्छे अन्तै बसाई सरेकि ! नभए घर कुरेका बा आमाहरुलाई केही भयाे कि ?
आमालाई यहि कुरा भनेकै तीन महिना नहुँदै मेराे घरकाे आशाकाे आमा रुपि बत्ति कहिल्यै नबल्ने गरि निभेकाे छ ।
शहरमा अवसरकाे खाेजिमा भौतारिएर असफल जिन्दगी सहित म गाउँ फर्केकाे करिब दुई वर्ष पूरा हुँदै गर्दा म माथि यति ठुलाे बज्रपात पर्छ भनेर साेँचेकाे थिइन । तर साउन पाँच मेरा लागि कालाे दिन बनेर आयाे । याे दिन मैले आमा रुपि भगवान मेराे सहारा आस्था र विश्वास गुमाएकाे छु र एउटा कहिल्यै पूरा नहुने मातृत्व गुमाएकाे छु ।
सबैका छाेराहरुले शहरमा घर ठड्याएका थिए । गाडि चढेर गाउँमा आउँथे उनिहरुकाे प्रगति देखेर आमाले कहिल्यै मलाई तिमीले के गर्यौ जीवनमा भनेर साेध्नु भएन । मैले केही गर्न नसकेको भन्दै अत्मग्लानि गर्दा आमाले जहिले पनि भन्नुहुन्थ्यो भाग्यमा जे लेखेकाे छ त्यहि हुन्छ पिर नगर ।
शहर तिर बाट फर्केर आमाकाे न्यानाे मातृत्व पाउँदा मलाई जीवन जिउन सहजता भएकाे थियाे ।
सायद म एउटा मात्र छाेराे थिएँ, शहरमा अवसरकाे खाेजिमा भौतारिएर कुनै उपाय नलागे पछि आमाकाे मातृत्वका लागि गाउँ फर्केकाे थिएँ ।
म लाचार बनेर आमाकाे पाउमा आफुलाई समर्पण गर्न विवस थिएँ ।
सबैका छाेराहरुले शहरमा घर ठड्याएका थिए । गाडि चढेर गाउँमा आउँथे उनिहरुकाे प्रगति देखेर आमाले कहिल्यै मलाई तिमीले के गर्यौ जीवनमा भनेर साेध्नु भएन । मैले केही गर्न नसकेको भन्दै अत्मग्लानि गर्दा आमाले जहिले पनि भन्नुहुन्थ्यो भाग्यमा जे लेखेकाे छ त्यहि हुन्छ पिर नगर ।
आमाले त्यसाे भन्दा म मेरि आमामा साँच्चै भगवानकाे स्वरुप देख्थें ।
जीवनका कठिन भन्दा कठिन अवस्था आउँदा पनि मेरी आमाकाे स्वाभावमा कुनै उतार चढाव देखिएन । सधै अरुकाे बारेमा सकारात्मक कुरा मात्र साेँच्ने मेरी आमाकाे भान्सामा जे पाकेपनि एक्लै कहिल्यै खानु भएन ।
सारा जिन्दगी गाउँमा बिताउँनु भएकी मेरि आमाले गाउँमा कसैलाई नराम्रो भन्नुभएन र कसैका नराम्रा कुरा पनि सुन्नु भएन ।
आमाले सधै भन्नुहुन्थ्यो - बाबू कसैलाई केही नभन्नु कसैसँग नराम्रो नबन्नु ।
पछिल्लाे दुई बर्ष आमासँग निरन्तर बस्न पाउँदा मैले आमा बाट धेरै कुरा सिक्न पाएँ । आमाकाे धेरै नबाेल्ने बानिले मलाई साह्रै प्रभावित पार्याे ।
म पनि धेरै नबाेल्ने र अझै म नहाँसेकाे धेरै भइसकेकाे थियाे । सामाजिक सन्जालमा पनि साथिहरुले हाँसेकाे फाेटाे हाल्नुन भनेर लेख्थे तर खाेई किन म करिब तीन वर्ष देखि हाँस्न बिर्सेकाे थिएँ ।
गाउँ फर्केपछि पनि म धेरै गुमसुम रहने गरेकाे देखेर आमाले भन्नुहुन्थ्याे । यसरी निरास बस्नु हुन्न के भएकाे छ र ? खुसि हुने गाउँ घरमा घुम्ने सबैसँग घुलमिल हुने गर्नु पर्छ । आमाले यसाे भनेपछि मैले आफुलाई केही फरक बनाएकाे थिएँ । तर आमा बिना मेराे हाँसाे र खुसि सधैलाई खाेसिएकाे छ ।
गाउँ फर्केपछि मातृत्व के हाे मैले यसरी बुझेँ कि सँसारमा निस्वार्थ काेहि हुन्छ भने आमा बाहेक काेहि हुँदैन ।
विहान उठ्न ढिलाे भयाे भने बाबू के भयाे भनेर बिस्तारामै ताताे पानी र चिया लिएर आईपुग्नु हुन्थ्यो । विहान गाउँबाट दूध किनेर भए्पनि बिना गाेरस मलाई खाना पस्किनु भएन । तरकारी के मिठाे हुन्छ भनेर गाउँ भरि डुलेर पनि ल्याएर पकाएर खुवाउनु हुन्थ्याे ।
जीवनका बहत्तर वर्षमा पनि बिहानै दैलाे लिप्ने घर आगन सफासुग्घर चुलाे चौकाे आमाका लगि दिनचर्या थियाे ।
बैनि शुसिलाकाे विवाह पछि आमा नितान्त एक्लाे हुनुभयाे । न आमालाई दैलाे लिप्न पकाउन र अन्य घरायसि काममा पालाे दिने काेहि भयाे । न आँगनमा नातिनातिनाहरुले रमाईलाे गरे । कति पटक बिरामी हुँदा एक्लै घरमा लतारिई रहनुभयाे तर कहिल्यै गुनासाे गर्नु भएन ।
बाबालाई 'कमरेड' हरुले गाेलि हानेर हत्या गरेपछि आमाले एक्लाे अनुभुति गरेपनि सधै भरि मुटुमा आँसु लुकाएर बस्नु भाे । द्वन्दकाे पिडामा मलम लगाउने काेहि थिएन । भत्केकाे गाेठ बनाउने र घर मर्मत गर्ने सपना सपनै रह्याे । मैले आमालाई भनेकाे थिएँ - तपाईंले भाेट दिएका प्रदिप ज्ञवाली भेट्न आउनु हुन्छ । जीउँदाे रहँदासम्म आमाले कुरिरहनु भो । तर सपनामात्र बन्याे त्याे कुराई ।
जीवनमा हजारौं दुखका भारि बाेक्ने मेरी आमाले पछिल्लो पटक यी दुई वर्ष अलि सुखकाे अनुभुति गरे जस्ताे लाग्थ्याे तर खुशिले लामाे समय पूरा गर्न दिएन ।
यहि बिचमा बाबालाई 'कमरेड' हरुले गाेलि हानेर हत्या गरेपछि आमाले एक्लाे अनुभुति गरेपनि सधै भरि मुटुमा आँसु लुकाएर बस्नु भाे । द्वन्दकाे पिडामा मलम लगाउने काेहि थिएन । भत्केकाे गाेठ बनाउने र घर मर्मत गर्ने सपना सपनै रह्याे । मैले आमालाई भनेकाे थिएँ - तपाईंले भाेट दिएका प्रदिप ज्ञवाली भेट्न आउनु हुन्छ । जीउँदाे रहँदासम्म आमाले कुरिरहनु भाे तर सपनामात्र बन्याे त्याे कुराई ।
म यतिबेला तिनै आमाले सिर्जेकाे पुर्ख्यौली थलाेमा छु । याे माटाेमा आमाकाे पसिना बसाउँछ । घरका भित्ताहरु आमाका पसिनाका थाेपाले लिपिएका छन ।
हाे रित्तो छ आमाले छाडेर गएकाे बैभवता । आँगन रित्तो छ दलान काेठा चाेटा सबै रित्ताे छ । आमा तपाईं बिना म रित्तो छु । गाउँका आमाहरु आएर आमाकाे राम्रो स्वाभावका बारेमा कुरा गर्दा आमा गुमाएकाे डाहा हुन्छ ।
घाटमा आमाकाे मृत शरिरकाे अन्तिम सँस्कार गरिरहँदा सायद जीवनमा त्यसरी भक्कानिएर म कहिल्यै राेईन । आमाले मलाई कहिल्यै रुन दिनु भएन तर आमाकाे निधन मेरालागि आँसुका भेल बने र छिनछिन भक्कानिन्छु । आमा, अब मलाई कस्ले बाबू तिमलाई केहि भयाे कि भनेर कस्ले साेँध्छ ? मातृत्वकाे हातले एक मुठि पकाएर कस्ले खान दिन्छ ? कस्ले मातृत्वले सिँचित गर्छ आमा !
मैले जे गुमाएकाे छु, मन मेराे पाेलेकाेछ, जलेकाे छ मेराे मुटु । म न निदाउन सक्छु, न भाेक छ न प्यास ।हाे, आमा अब म एक्लै जिउनु पर्छ । ममाथि हजुरकाे लगानि थियाे र म हजुर प्रति जिम्मेवार छाेराे थिएँ । तर मैले कसैका लागि केही लगानि गर्न सकिन र म प्रति काेहि जिम्मेवार हुने कुरा भएन ।
मलाई थाहा छ, मैले एक्लेै जिउन सिक्नुपर्नेछ तर आमा तपाईंकाे मातृत्व विना म कसरी बाँचम्ला र ?
लेखक : कृष्ण अन्जान, गुल्मी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology