Logo

२०८३, श्रावण २७गते


images
images

दौँघामा घरघरमा पानी : दौँघा गाउँमा, मै चिठी पठाम्ला तिम्रै नाउँमा 

दौँघामा घरघरमा पानी : दौँघा गाउँमा, मै चिठी पठाम्ला तिम्रै नाउँमा 

images
  • सेतोमसी सहकर्मी
  • दौँघामा घरघरमा पानी : दौँघा गाउँमा, मै चिठी पठाम्ला तिम्रै नाउँमा 
    images
    images

    कृष्ण अन्जान, दौँघा । पानी बाेक्ने पँधेर्नीकाे राँका हातै हात, पानी नपाइ पँधेर्नी त रुन्छे मध्येरात । 
      
    जनकविकेशरी धर्मराज थापाले गुल्मीकाे दौँघा गाउँकाे फेँद गैरिखुट्टामा रचेकाे र त्यहिँ गाएकाे गितकाे सम्झना गर्छन दौँघाका पाका अग्रजहरु । 

    images
    images
    images

    गाउँबाट करिव डेढ घण्टाकाे बाटाे तय गरेर दौँघाका दाजुभाइ दिदी बहिनीले राँका बालेर पानी बाेक्न झर्दाका पीडा सम्झिएर एक पटक दौँधाका पाका अग्रज लाेक बहादुर ज्ञवाली टाेलाउनु भयाे । "साह्रै दु:ख बेहाेरियाे दौँघाका पानीका दुखका कुरा गर्दा आँखा रसाउँछन" लाेक बहादुरले भन्नुभयाे ।
    उकालाे निस्केर गाउँ पुग्दा लाग्छ दौँघा पहाडि उपत्यका हाे । सम्माेवारि बान्कि मिलेका घर विद्यालय, वडा भवन, मन्दिर खेल मैदान तर त्यहि ठाउँ जस्ले शताब्दियौँ देखि काकाकुलकाे नियति भाेग्न बाध्य बन्याे ।      received_372568921145493.jpeg

    images
    images
    images

    गाउँका पाेखरीमा जमेकाे पानी पिएर त्यहाँका वासिन्दाले कति शताव्दी बिताए । वर्षामासकाे त्यहाँका पाेखरीमा जम्मा भएकाे पानीका लागि पनि हारालुछ हुने गरेकाे सम्झना दौँघा गाउँका वासिन्दालाई ताजै छ । 

    images
    images
    images

    यहि पीडाभित्र धर्मराज थापाले आफ्नाे गितमा थप्नु भयाे -  दौँघा जेरी पाेखरा नौधारा, काकाकुली कराउँछन बिचरा । 

    पानीकै दुखले दौँघा गाउँका युवालाइ छाेरी दिन गाह्रो मानिन्थ्यो । वास्तवमा त्यतिबेला छाेरीलाइ दौँघा दिए छाेरीले दु:ख पाउँछे भन्ने मान्यता थियाे ।यहि पिडाले कति दौँघेली मधेश तिर झरे । 

    पानीकाे यहि पीडा भित्र फिनिडाले वर्षको पानी सँकलन गर्ने घैँटाेकाे निर्माण शुरु गरेपछि दौँघेली जनतामा काेहि आशाका किरणहरु पलाए ।फिनिडाका रमेश बाेहरा जस्काे सुझबुझ पुर्ण निर्णयले दौँघामा यस्ता घैँटा धेरै बने र फिनिडाका रमेश बाेहरालाइ मायाले घैँटै बाेहरा पनि भनियाे । वास्तवमा तिनै घैँटे बाेहरानै दौँघामा आधुनिक पानीकाे व्यवस्थापन गर्ने अभियन्ता हुन भन्दा फरक पर्दैन । 

    पटक पटक हुने निर्वाचनमा दौँघाकाे खानेपानी राजनैतिक पार्टीक एजेन्डा बने तर काम भएन ।
    कुनै पनि कामका लागि समय आउन पर्दाे रैछ त्यस्तै भाे दौँघामा पनि । 

    मुलुक सँघियतामा गयाे स्थानिय प्रदेश र सँघिय निर्वाचन भएपछि दौँघेली जनताकाे खानेपानीकाे वर्षौँ देखिकाे सपना पूरा हुने भएकाे छ । 

    पहिलाे पटक यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा साँसद तथा लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति समेत रहनु भएका कमल राज श्रेष्ठले नेपालकै सबैभन्दा पानीकाे दुख भएकै ठाउँ मध्यको एक दौँघाकाे सिरानमा वडाकार्यालय अगाडी गाडिएकाे पानीकाे धाराे खाेलेर आफ्नै पहलमा ल्याइएकाे पानी धारैमा मुख जाेडेर घट्घट्ति पिउँदा सपना जस्तै लागेकाे दौँघाका वडाध्यक्ष थम्मन बहादुर ज्ञवालीले प्रतिक्रिया दिनु भयाे । 

    सँघ प्रदेश र स्थानिय निकायकाे पहलमा निकाशा भएकाे करिब ६ कराेडकाे लागतमा दुई किलाेमिटर माथि लिफ्टिँग गरि तिनवटा टँकिमा रिजर्भ गरि ल्याइएकाे खाेक्का मुहान लिफ्टिँग खानेपानी आयाेजनाकाे  याे  पानीले क्षेत्रका करिव ५ सय ५० घर धुरीका हजारौं जनसंख्याकाे घाँटि एक घर एक धाराले  भिजाउने छ र सधै पानीकाे डाेकाे बाेक्दा टाउकामा बसेकाे दौँघेली दाजु भाइकाे डाम पनि निकाे हुने  छ । 

    याे लिफ्टिँग पानीले दौँघा क्षेत्रबाट पानीकै दुखले हुने पलाएन पनि राेकिने छ र फेरी बाँझै जमिन छाडेर जानेहरुपनि बेला बेलामा दौँघा आउने छन । 

    पानीकै कारणले दौँघामा छाेरी दिनु हुन्न भन्ने मानसिकता पनि फेरिनेछ र दौँघेली जनताले दौँघामा स्थानिय उत्पादन लाई प्राथमिकता राखेर हाेमस्टेकाे व्यवस्थापन गर्न सके आन्तरिक र वाह्य पर्यटकलाइ पनि तान्न सक्नेछ । 

    फेरी दौँघाकै बारेमा नया गीत लेखिनेछ - दौँघा गाउँमा, मै चिठी पठाम्ला तिम्रै नाउँमा ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # दौँघा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।