Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल तरुण दल गुल्मीद्धारा जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोनयन

नेपाल तरुण दल गुल्मीद्धारा जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोनयन

images
  • सेतोमसी सहकर्मी
  • नेपाल तरुण दल गुल्मीद्धारा जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोनयन
    images
    images

    गुल्मी ,नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीले जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोनित गरेको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भरत भलामीले जिल्लाका १२ वटा स्थानीय तहबाट जिल्ला सदस्यसहित क्षेत्रीय संयोजक मनोयन गरेको जानकारी दिएका छन् । 

    images
    images
    images

    अध्यक्ष भलामीले नेपाल तरुण दलको विधान २०१० संशोधित २०६९ को परिच्छेद–४, दफा–१७, उपदफा ३ को क र ख बमोजिम नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका लागि जिल्ला सदस्य र क्षेत्रीय संयोजक तोकेका हुन् । उनका अनुसार नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका लागि सदस्यमा रेसुङ्गा नगरपालिकाका पुष्पा पन्थी र महेश राज भण्डारी मनोनित भएका छन् । त्यस्तै जिल्ला सदस्यका रुपमा मुसिकोट नगरपालिकाका गिरिराज चालिसे, राम प्रसाद आचार्य र भुमा गुरुङ्ग मनोनित भएको नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भलामीले बताए ।

    images
    images
    images

    त्यस्तै इस्मा गाउँपालिकाका रेशम कुँवर र बसन्त खत्री, कालीगण्डकी गाउँपालिकाका पुरन राजकोटी, चन्द्रकोट गाउँपालिकाका पुरन गुरुङ्ग मनोनित भएका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाका चुरामणी भण्डारी, मरिचमान कुँवर र विक्रम थापा पनि जिल्ला सदस्यतामा मनोनित भएको भलामीले बताए । साथै मदाने गाउँपालिकाका चक्र जिसी, मालिका गाउँपालिकाका विनोद श्रीस, छत्रकोट गाउँपालिकाका प्रेम बुचा, सत्यवती गाउँपालिकाका लील बहादुर खत्री र गुल्मीदरवार गाउँपालिकाका गोपाल केसी जिल्ला सदस्यमा मनोनित भएको नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भरत भलामीले बताए । received_444472519892348.jpeg

    images
    images
    images

    त्यस्तै उनले जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट क्षेत्रीय संयोजकमा प्रकाश भुसाललाई मनोनयन गरेका छन् । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा तरुण दलको क्षेत्रीय संयोजक पद रिक्त रहेकोले सोही क्षेत्रमा तरुण दललाई क्रियाशिल बनाउनका लागि क्षेत्रीय संयोजकमा भुसाललाई मनोनयन गरिएको जिल्ला अध्यक्ष भलामीले बताए । नेपाल तरुण दल जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भरत भलामीले मनोनित भएका सबै जिल्ला सदस्यसहित क्षेत्रीय संयोजकलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।