केशब गौतम, गुल्मी । पछिल्लो समयमा देशभर आगलागीका घटनाहरु बढिरहेका छन् । देशका अधिकाशं जिल्लाहरुमा आगलागी झैँ गुल्मीका विभिन्न ठाउँमा पनि आगलागी भइरहेको छ ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा बनमा पनि आगलागी भइरहेको छ । रेसुङ्गा बन क्षेत्रमा चैत २५ गतेदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।
रेसुङगा क्षेत्रमा लागेको डढेलाेका कारण जंगलको अधिकांश भाग सखाप भएको छ । जसले गर्दा पशु चौपायाको पनि बिचल्ली भइरहेको स्थानीय बताउँछन् ।
त्यस ठाउँको गौशालामा रहेका गाईहरुले समेत घाँस खान नपाएको अबस्था रहेको छ।यसै बिच पशु चौपायाको बिचल्लिको अबस्था हेरेर र भोकमा रहेकका गाईहरुलाई रेसुङ्गा नगरपालिका १४ मा रहेको कालिका युवा क्लब, जागृत सामुदायिक वन, गौशाला संरक्षण उपसमिति रातामाटा र साबिकको वडा नम्बर ६, ७, ८,९ र स्थानीय को पहलमा घाँस संकलन कार्यक्रम गरि खुवाउन लागिएको कालिका युवा क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए।
कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिका १४ का कालिका क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतम र जागृत सामुदायिक बनका अध्यक्ष तिलकराम गौतमले पशु चौपायाको अबस्था दयनीय भएको भन्दै आपत्ति जनाएका थिए । रेसुङगा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले राम्रो कार्यको सुरुवात गरेकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रमको संचालन सोही संस्थाका पुर्व सचिव कुन्जन मणि गौतमले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology