Logo

२०८३, श्रावण २७गते


images
images

अज्ञात जन्तुले बारीका मकै खान थालेपछि रूरूक्षेत्रका किसान चिन्तित 

अज्ञात जन्तुले बारीका मकै खान थालेपछि रूरूक्षेत्रका किसान चिन्तित 

images
  • सेतोमसी सहकर्मी
  • अज्ञात जन्तुले बारीका मकै खान थालेपछि रूरूक्षेत्रका किसान चिन्तित 
    images
    images

    कृष्ण अन्जान, रूरूक्षेत्र । बैशाखकाे दाेस्राे हप्ता बारीमा छरेका मकै यतिबेला पाेलेर खाने भएका छन । तर रुरुक्षेत्रका किसानहरुका लागि बारीका मकै अज्ञात जन्तुले खाइदिन थालेपछि टाउकाे दुखाईकाे विषय बनेकाे छ । 

    images
    images
    images

    खै के ले खान्छ केही पनि देखिन्न, मकै खाएर डाँठ मानि झै बनाएकाे छ  रुरु-३ कि कमला वि क ले भनिन् । याे समस्या कमला विककाे मात्र हाेईन । रुरुक्षेत्र गाउँपालिका भित्रका किसानहरुकाे हाे ।
    बारीमा बुटै पिच्छे मकै ठाडै बुटामा खाएकाे छ । 

    images
    images
    images

    ढलेका बुटा त दुम्सीले खाए हाेला भन्नु ठाडै बुटा के ले खान्छ, कतिबेला खान्छ थाहै हुँदैन । रुरु १ का चिरन्जिवि ज्ञवालीले गुनासाे पाेख्नु भयाे । बारिमा कतिबेलै पनि केही देखिन्न तर मकैका घाेँगा रित्तै बनाए पछि के जन्तुले मकै खान्छ यसबारे केही अत्ताे पत्ताे छैन । 

    images
    images
    images

    रुरुक्षेत्र १ च्यूरेकका दिनानाथ ज्ञवालीका अनुसार बारीका मकै मध्यरात तिर अज्ञात जन्तुले खाने गरेकाे आशंका गर्नु हुन्छ । "दिउँसाेमा खाएकाे भएत खाने जन्तु देखिनु पर्ने साँझ सद्दे रहेकाे मकैकाे घाेँगाे बिहान मानि झै हुन्छ" - ज्ञवालीकाे भनाई छ । 

    पाेहाेर पनि रुरुक्षेत्रका किसानहरुले याे समस्या भाेगेका हुन् । जस्काे कारण मकै उत्पादन पाँच प्रतिशतले घटेकाे थियाे । दिउसाेमा ढेडुवा बाँदर माउखाने लखेट्दा हैरान परेका किसानका लागि राति मा अज्ञात जन्तुले मकै खाइदिन थालेपछि किसान हरुकाे निद हराम भएकाे छ । 

    रुरुक्षेत्रका किसान हरुकाे मुख्यवालि नै मकै हाे यहि मकै वर्ष भरि स्थानीय वासिन्दाहरुले पाेलेर उसिनेर पिसेर भुटेर आटाे सातु पिठाे बनाएर प्रयाेग गर्दछन र मकैकाे आटाे त याे क्षेत्रका किसान हरुकाे मुख्य खान्कि नै हाे सँगै गाई भैँसी बाख्रा कुखुराको दाना समेतमा यहि मकै खपत हुने गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।