गुल्मी । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर ३ मा महिलाहरुलाई बाख्रा प्रदान गरिएको छ ।
मदाने गाउँपालिका र हेफर प्रोजेक्टकाे आर्थिक साझेदारीमा सामाजिक जागरण तथा विकास अभियान (साडेक)नेपालले बाख्रा प्रदान गरेको हाे ।
परियोजना अन्तर्गत सिर्सेनीमा रहेको लालिगुरास स्वलम्बन समुह र राक्से स्ववलम्बन समुहले १७ वटा बाख्रा शिवालय स्वबलम्बन समुहलाई बाख्रा उपहार दिएकाे साडेक प्रोजेक्ट निर्देशक बिष्णु प्रसाद भण्डारीले बताए ।भने आज प्राप्त गरेका महिलाले कम्तिमा १ बर्ष पछिअर्को समुहलाई बाख्रा उपहार प्रदान गर्ने भण्डारीले बताए ।
भण्डारीले कार्यक्रम सफल पार्नका लागि पहिलो माध्यम महिलाहरुले पाएका बाख्राकाे सहि तरिकाले पालन पाेषण गरेको खण्डमा जिविकाे निर्बाहको लागि सहज माध्यम हुने उनले बताएका छन्
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष दानबहादुर केसिले अहिले गाउँपालिका भरि कम्तीमा १५-२० हजार बाख्रा बाेका रहेको र हरेक व्याक्तिकाे जिविकाे निर्वाहका लागि याे गतिलो माध्यम भएकाले सहि तरिकाले पालन पाेशण गर्न उनले आग्रह गरे ।
त्यस्तै उनले मदानेलाई छिटै नै बाख्रा जाेन बनाउँन समेत उ माग गरिरहेकाे बताएका छन । यश कार्यक्रम मदाने गाउँपालिकाकाे २, ३, ४ र ७ नम्बर वडामा सञ्चालित रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology