रुपन्देही । गुल्मेली सहयोगी हातहरुले मास्क वितरण प्रक्रियामा आर्थिक हिनामिना नभएको जनाएको छ । सेतोमसीमा प्रकाशित समाचारको खण्डन गर्दै उक्त संस्थाका अध्यक्ष लिलामणी खरेलले आर्थिक हिनामिना नभएको बताएका हुन् ।
गुल्मेली सहयोगी हातहरु कामको सिलसिलामा काठमाडौं आएर गुल्मी र गुल्मेलीका लागि स्वयंसेवी तरिकाले काम गर्ने सामाजिक संस्था भएको उल्लेख गर्दै अध्यक्ष खरेलले आफुहरुले नि:स्वार्थ सेवा गरेको बताएका छन् ।
गुल्मी जिल्ला समाज युकेबाट आफुहरूलाई एकरूपैया पनि आर्थिक सहयोग प्राप्त नभएको बताउँदै अध्यक्ष खरेलले वर्षातको समयमा बाढी पहिरोको वेवास्ता गर्दै ज्यानको प्रवाह समेत नगरी आफ्नै खर्चमा गुल्मी पुगेर सहयोग गरेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology