Logo

२०८३, भाद्र १गते


images
images

युवा विचार

तिम्रा बा, तिमी र म

तिम्रा बा, तिमी र म

images
  • तिम्रा बा, तिमी र म
    images
    images

    तिम्रा बा'ले मलाइ योद्वा बनाए । म जस्ता हजारौ-लाखौंलाई राष्ट्रप्रेमी बनाए । देश, जनता र समाजका लागि त्यागी बन्नुपर्छ ।  परिवर्तनका निम्ति लड्नुपर्छ भने । संघर्षको मैदानमा लड्ने इमान्दार सिपाही बनाए । देशलाई युद्वभुमीमा परिणत गर्दै सामन्तवादी राज्यव्यवस्थाको अन्त्य गर्दै गणतान्त्रिक व्यवस्थाको स्थापना गरे । तर तिमी कसरी अलोकतान्त्रिक, अराजक, अज्ञानी र बिबेकहिन भयौ ? 

    images
    images
    images

    जतिबेला म युद्वको मैदानमा लडिरहेको थिएँ, त्यतिबेला तिमी नेताको छोरो भएर सबैको काखमा हुर्कियौ । त्यहाँ युद्व थियो कि रमाइलो ? तिमीले महसुस नै गर्न पाएनौं । सामन्तवादी व्यवस्थाका बिरुद्व लड्दै गरेका हामीमा पनि दास मनोवृत्ति कहाँ अन्त्य भएको थियो र ?  राजाकै छोराजस्तै माया दियौं । भावनासंग जोडिएको हाम्रो क्रान्तिले तिमीलाई भोलिको योद्वा बनाउने सपना पनि दियौं । युद्वमा बगेको रगत किन र केका लागि थियो ? ओल्लो र पल्लो घरका माइला कान्छाहरु केका लागि मरेका थिए ? त्यो तिमीले बुझ्नै पाएनौ । बुझेनौं । किनकि तिमी त्यो क्रान्तिको भेलबाट हुर्किएको योद्वा होइन रै'छौ ।

    images
    images
    images

    फलामे अनुशासन मान्दै गरेका हामी अनि त्यहि अनुशासनलाई पटक-पटक बलत्कार गर्ने तिमी । अनि बच्चै छ भनेर माफी दिंदै प्रोत्साहन गर्ने सामन्तवादी चरित्र जिउदै थियो । त्यसैको त्यान्द्रो समात्दै परिवर्तनको दोसल्ला ओढेर हिडेका हामीमा आसा थियो, एकदिन क्रान्तिको बिहानी अवश्य झुल्किने छ र झुल्कियो पनि । संघिय लोकतान्त्रिक गणतन्त्र, त्यो तिम्रा बा र हामी ले लडेर ल्याएको व्यवस्था हो । यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन् ।  लाखौं घाइते अपाङ्ग छन् ।  कयौंका घर उजाडिएका छन् । र, कयौं आज बिहान-बेलुका छाक कसरी टार्ने भन्ने दु:खद अवस्थाबाट जीवन गुजारा चलाइराखेका छन् ।

    images
    images
    images

    जनयुद्धका योद्धाको यो दर्दनाक अवस्थाका अगाडि तिमी त सुनका चाना बोक्ने महाबिर भएछौ । आफ्नै देशका निमुखा जनतालाई शरणार्थी बनाएर बेच्ने तस्कर भएछौ । माफियाका चम्चा हुँदै दलाल, दरिद्र, अपराधी भएछौ । कठै ! तिम्रा बा'सिंगो राज्य परिवर्तन गर्नका निम्ति नेतृत्व गरे । हजारौं हजारलाई कम्युनिष्ट क्रान्तिको बिचार सिद्वान्तबाट प्रभावित पार्दै मर्न र मार्न तयार पारे । भरोसा गरे ।  विश्वास गरे ।  तर उनलाई के थाहा  ? आफ्नै घरमा हुर्किरहेको पात्र नै राक्षस थियो, मेरै इतिहास सक्ने दुश्मन थियो भनेर । तिमी उतिबेलै मर्नुपर्थ्यो । उतिबेलै मरेको भए सहिदको सुचिमा तिमी सधैं बच्थ्यौ र सम्मानीत भइराख्थ्यौं । तिमीजस्ता कपुत बांचेर इतिहासलाई नै मार्नुभन्दा, सिंगो आन्दोलनलाई धमिलो पार्नुभन्दा तिमि मर्नुपर्थ्यो ।  

    तिमीले गरेका कर्तुतहरु माफीयोग्य छैनन्, कानुनले तिमीलाई हदैसम्म कार्वाही गर्ला तर हिजोकै जस्तो जनअदालत हुन्थ्यो भने तिमी सफायाको निम्ति लायक छौ ।  किनकि तिमीले सिंगो इतिहासको मान-प्रतिष्ठा र बलिदानप्रति गद्वारी गरेकाछौ । लोभ र पापको भकारीमा चुर्लुम्म डुबेकाछौ । को आफ्नो को पराई चिन्दैनौं तिमी । र, तिम्रो चरित्र क्रान्तिको इतिहास बोकेका योद्वाहरुको खुटामा पनि सुहाउदैन । तिमी प्रतिक्रान्तिकारीका प्यादा हौ ।

    अनेक बहानामा तिमीहरुले इमान्दार योद्वाहरुको अपमान गर्यौ । राजा र रैतिजस्तै परम्पराको सुरुवात गर्न थाल्यौ । हामीले लडेको क्रान्ति तिमीजस्ता कुनियत बोकेका लठुवाहरुलाई रजाइँ गर्नका लागि थिएन र होइन ।  हिजो शिर उठाएर हिडेको माओवादी आन्दोलन आज तिमीजस्ता कुनियत बोकेकाहरुले गरेको पटकपटकको बदमासीले निहुरिमुन्टो लगाउन बाध्य छ । 

    'जीवनमा कहिले पनि निर्धाको रगत पसिनामा रजाइँ नगर्नु, बरु मर्नु तर इतिहासप्रति गद्वारी नगर्नु' भन्ने भनाइको तिमीले मजाक बनायौ । अहिलेसम्म प्रचण्ड जिउंदै छन् र तिमीहरु जिउदैछौ किनकि यो समाज र कम्युनिष्ट आन्दोलनका निम्ति तिमीहरु कलंक हौ ।  हरेक कोणबाट प्रचण्डलाई घेरावन्दी गर्ने र लाभ लिने अनि आकाशै छुन खोज्ने तिमीहरुको दरिद्रताले अब बिश्राम खोज्दै छ । सहिदको रगतले तिमीलाई कहिल्यै सुखसंग बाच्न दिनेछैन र नदियोस पनि । 

    जनअपेक्षा कस्तो थियो ? परिवर्तनसंगै माओवादीका आस्था, बिचार र सिद्वान्तलाई अनुसरण गर्दै सिंगो देशले समर्थन गर्यो । गणतन्त्र स्थापना र गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बहुमत सहित स्थापित गर्यो तर तिमीजस्ता कपुतहरुको गतिबिधिले सबै धमिरा लागेजस्तो बनाइदियो । देशको व्यवस्थामा आमुल परिवर्तन गर्ने लिडरहरु र तिनका परिवारहरु आस्था र बिचारबाट बिचलिल हुने बित्तिकै सबै तिरबाट कमजोर बनाउदै र बन्दैगयो । यो सबै दोष यहि प्रवृत्ति बोकेका 'तिमी'हरुमा जान्छ। 

    यो क्रान्तिमा सहाभागी भएका हरेक पात्रलाई जनताले निगरानी गरिरहेको हुन्छन् । हामीले गरेका गतिविधीहरुले समाजमा कस्तो प्रभाव पार्छ ? त्यो भोलिका सन्ततिहरुले पनि हेरिरहेका हुन्छन् । खादा, बस्दा, बोल्दा, लगाउदा, हिड्दा हरेक पाटोमा सन्देश दिनेखालको र रुपान्तरण सहितको आचरण व्यवहार स्वभाव हुनुपर्थ्यो तिमीहरूमा । तिमीहरु त नमुना पात्र बन्नुपर्थ्यो । क्रान्तिकारी चरित्रसंगै समाज र राष्ट्रका लागि उदाहरणीय पात्र बन्नुपर्थ्यो । प्रत्येक जनताका घरघरमा पुगेर जनयुद्व र जनक्रान्तिको प्रचार गर्दै समाजमा स्थापित हुनुपर्थ्यो । तर तिमी हिजोका सामन्तवादी शासकहरुकै लठैत सन्तानजस्तो भयौ । 

    तिमी एउटा घरको र एउटै परिवारको थिएनौं । सिंगो राष्ट्रको र क्रान्तिकारी ऐतिहासिक पार्टी परिवारको थियौ । त्यो सन्देश प्रवाह गर्न तिमी असफल भयौ । यो क्रान्तियात्रामा इमान्दारीपुर्वक योगदान गर्ने हजारौं कार्यकर्ता अझै जीवित छन् । यस्ता बाधा अफ्ठ्याराहरुलाई पन्छाउदै अगाडि बढ्ने हिम्मत हामीमा छ, किनकि हामी न कुनै नेताको छोरो भएर राजनीतिमा आएका हौँ, नत कुनै नेताको पिछलग्गु भएर चर्चामा आएका हौँ ।  हामीजस्ता इमान्दार कार्यकर्ताहरु आफ्नो मेहनत, क्षमता र जनताको मायाले मनमनमा बस्न सफल भएका हौँ । तिमीहरुलाई पहिल्यैदेखि लाठी लगाएको भए, आज यो दिन देख्न पर्ने थिएन । 

    हाम्रो देशको राजनैतिक यात्रामा नेताका छोराहरु अधिकांस बदमास र बदनाम भएका छन् । यस्तै कुकृत्यका कारण राजनैतिक क्षेत्रमा युवा पुस्ता पलाएन हुदैछन । राजनीतिप्रति घृणा व्यक्त गर्दछन ।  यस्ता कुसंस्कारको विकास हुदै जाने र निकास नखोज्ने हो भने भोलिका दिनमा जनताले सडकमा लतार्नेछन् ।  समाज रुपान्तणसंगै आफ्नो कार्यशैली पनि परिवर्तन गरौं । अन्यथा कालोदिन अवस्य आउनेछ ।  न्याय नमरोस्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युवा विचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।