माधव ज्ञवाली, गुल्मी । गुल्मीमा दृष्टिबिहिन परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.६ का अमर दर्लामीको परिवारलाई सोही स्थानकै हाल सिंगापुर प्रहरीमा कार्यरत चिफ इन्स्पेक्टर चन्द्र बहादुर पचभैयाले खाद्यान्न सहयोग गरेका हुन् ।
पचभैयाले दर्लामी परिवारलाई खाद्यान्न सहयोग पठाएको सामाजिक अभियान्ता संगीत मगरले बताए।
त्यस्तै अर्का एकजना समाजसेवी ज्ञानबहादुर काला मगरले पनि दर्लामी परिवारलाई खाद्यान्न एवं शैक्षिक सामाग्री सहयोग गरेका छन् । भुपु इन्डियन आर्मी समेत रहेका काला मगरले दर्लामीको परिवारलाई खाद्यान्न, ग्यास चुलो र कक्षा नर्सरीमा छोरालाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
अमर दर्लामी र उनको पत्नी पुर्ण रुपमा दृष्टिबिहिन छन् । सरकारले उपलब्ध गराउँदै आएको अपांग भत्ताबाट सामान्य भन्दा सामान्य जीवन बिताइरहेका दर्लामीका छोरा भने आँखा देख्छन् ।
कक्षा १२ सम्मको अध्ययन पुरा गरेका अमर दर्लामीका छोरा पढाइमा पनि राम्रो रहेको अभियान्ता संगीत मगर बताउँछन् । उनको छोराको शैक्षिक पाटोलाई लिएर आफुहरुको ध्यानाकर्षण भएको र सामाजिक संजालमार्फत सहयोगको लागि अपिल पनि गरिरहेको मगरको भनाई रहेको छ। " कसैले उनको छोराको पढाइ लेखाइको लागि सहयोग गरिदिए बाबुको भविष्य बन्ने थियो", अभियान्ता मगर बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology