Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्र देवदहको विस्तारित बैठक सम्पन्न, भदौ १५ सम्म सबै वडाको भेला गर्ने निर्णय 

माओवादी केन्द्र देवदहको विस्तारित बैठक सम्पन्न, भदौ १५ सम्म सबै वडाको भेला गर्ने निर्णय 

images
  • माओवादी केन्द्र देवदहको विस्तारित बैठक सम्पन्न, भदौ १५ सम्म सबै वडाको भेला गर्ने निर्णय 
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), देवदह नगर समितिको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीको प्रमुख आतिथ्यतामा बसेको नगरसमितिको विस्तारित बैठकले भदौ १५ सम्ममा सबै वडाको भेला गर्ने लगायतका निर्णय गरेको माओवादी केन्द्र देवदहका अध्यक्ष केदारनाथ काफ्लेले बताए । 

    images
    images
    images

    देवदहको शितलनगरस्थित अपांग सेवा समाजको भवनमा भएको बैठकमा बोल्दै पार्टीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले गणतन्त्र, संघीयता, समाबेशिता लगायतका एजेन्डा माओवादीकै एजेन्डा भएको हुनाले देशको बैचारिक नेतृत्व माओवादीले नै गरेको बताए । माओवादी प्रचारमुखी नहुँदा चामल पनि बेच्न नसकेको तर प्रतिक्रियाबादीहरुले जनतालाई झुक्याएर कुहिएको पिठो बेचिरहेको बताउँदै माओवादी आन्दोलनका सम्पुर्ण शक्तिहरू एक हुनुपर्नेमा नेता क्षेत्रीले जोड दिए । 

    images
    images
    images

    त्यसैगरी, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा ओमसतिया गाउँपालिका कार्यालयका अध्यक्ष हिरा केवट 'राहुल' ले इमानदारीतापुर्वक संगठन निर्माणमा जुट्नुपर्ने बताए । आज पनि माओवादी आन्दोलनप्रती जनताको आकर्षण कायम रहेको बताउँदै नेता राहुलले माओवादी कार्यकर्ता विचलित हुन नहुने जिकिर गरे । 

    images
    images
    images

    पार्टीका नगर अध्यक्ष केदारनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी क्षेत्र नं. - १ का सचीव  गोविन्द पंगेनी, जिल्ला सचिवालय सदस्य - मोतिलाल ढकाल, पार्टी नेताहरू लिलाधर मरासिनी, तुल्सीराम न्यौपाने, प्रशान्त गैरे लगायतको उपस्थिति रहेको थियो । 

    बैठकमा गणेश खाती, चुणामणी भारती, तुल्सीराम न्यौपाने, गोविन्द ठटराई, बालाराम तिवारी, मेघराज ढकाल, नीर साहनी, खेम गुरुङ, हरिद्वार यादव, श्रवण  कुर्मी, लेखनाथ न्यौपाने लगायत नगरका विभिन्न वडा तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले आ-आफ्नो कामको रिपोर्ट गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।