Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका सम्पुर्ण विद्यालय अनिश्चित कालका लागि बन्द गर्न नगरपालिकाको निर्देशन 

देवदहका सम्पुर्ण विद्यालय अनिश्चित कालका लागि बन्द गर्न नगरपालिकाको निर्देशन 

images
  • देवदहका सम्पुर्ण विद्यालय अनिश्चित कालका लागि बन्द गर्न नगरपालिकाको निर्देशन 
    फाइल फोटो
    images
    images

    देवदह । देवदह नगरपालिकाले नगरभित्र संचालित सम्पुर्ण विद्यालय अनिश्चित कालकालागि बन्द गर्न निर्देशन जारी गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणमा आईनसकेको र तेस्रो भेरियन्टको खतरा समेत बढ्दै गएको उल्लेख गर्दै नगरपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरु अर्को सूचना नभएसम्मको लागि बन्द गर्न निर्देशन गरेको हो । 

    images
    images
    images

    देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माद्वारा जारी सूचनामा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र रुपन्देहीको मिति बिहिवारको बैठकको निर्णयबाट शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषाकक्षाहरु, ट्युसन लगायत जमघट हुने गतिविधिहरु सञ्चालन नगर्ने भन्ने निर्णय गरेको हुनाले नगरभित्रका सबै सामुदायिक एंव संस्थागत विद्यालयहरुले कडाइका साथ उक्त निर्णयको पालना गर्नु गराउनुहुन अनुरोध गरिएको छ । 

    images
    images
    images

    नगरपालिकाको पूर्व सूचना बिना विद्यालय सञ्चालन नगर्न र आ-आफ्ना बालबालिकाहरुलाई विद्यालय नपठाउनु हुन अनुरोध गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन भनिएको छ । 

    images
    images
    images

    साथै निर्देशनको उल्लङ्घन गरेमा आवश्यक कारवाही गरिने त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित विद्यालय प्रशासन नै हुने समेत सूचनामा उल्लेख छ ।                          FB_IMG_16276274303131108.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।