Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पव्लिक आवासीय मा.विको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

देवदह बुद्ध पव्लिक आवासीय मा.विको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

images
  • देवदह बुद्ध पव्लिक आवासीय मा.विको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
    images
    images

    देवदह । देवदह बुद्धपव्लिक आवासायी माध्यमिक विद्यालय देवदह–५, ले विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

    images
    images
    images

    विद्यालयले बार्षिकोत्सवलाई सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाएको हो । विद्यालयले बार्षिकोत्सवको अवसरमा खेलकुद, जिल्ला स्तरीय हाजिरी जवाफ, सरसफाई लगायतका कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा बार्षिकोत्सवको मूल कार्यक्रम सम्पन्न भएको हो   ।

    images
    images
    images

    सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले शिक्षा प्राणाली सुधार गर्न आवश्यक रहेको औल्याए  । उनले व्यवहारिक र व्यवसायी शिक्षाले मात्र देशको विकास गर्न सकिने भएकोले दक्ष जनशक्ति उत्पादनमा विद्यालयहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । नगर प्रमुख खरेलले शिक्षाको विकास विना अन्य क्षेत्रको विकास हुन नसक्ने भएकोले देवदह नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

    कार्यक्रममा विद्यालयका पुर्वअध्यक्ष चक्रपानी तिवारी, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, नेकपा एमालेका प्रकाश अर्याल, विद्यार्थी अनुष्का भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए ।

    कार्यक्रममा कक्षा ८,मा उत्कृष्ट अंक ल्याएर पास हुने, एसईई परिक्षामा ३.६५ जिपिए ल्याउने र कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याएर पास हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी सोही अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा सप्ताहव्यापी रुपमा संचालन गरिएका खेलकुदमा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    विद्यार्थी विशेषता तिवारीको स्वागत, अनन्तराम भण्डारी र ढुडीराज मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बुद्ध पव्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।