Logo

२०८३, श्रावण २७गते


images
images

अनुदानकै लागि कृषी !

कृषि अनुदानको दुरुपयोग गर्दै किसान, एक हप्तामै बेचिए अनुदानका भैंसी

कृषि अनुदानको दुरुपयोग गर्दै किसान, एक हप्तामै बेचिए अनुदानका भैंसी

images
  • कृषि अनुदानको दुरुपयोग गर्दै किसान, एक हप्तामै बेचिए अनुदानका भैंसी
    images
    images

    माधव ज्ञवाली, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीमा गाउँपालिकाले दिएको अनुदानको दुरुपयोग भएको पाइएको छ । केही किसानले अनुदानको रकम प्राप्त गरेको एक हप्तामै भैंसी बेचेको त केहिले अनुदानकै लागि अरुको भैंसी ल्याएर गोठमा बाधेँको तथ्य सार्वजनिक भएपछि कृषि अनुदानको किसानले नै दुरुपयोग गरेको खुल्न आएको हो । 

    images
    images
    images

    गाउँपालिकाले वडा नं. ३ र ४ दिगामलाई भैंसी ब्लकको रुपमा अगाडि बढाउने उदेश्य सहित गाउँपालिकाले किसानलाई भैंसी किन्न अनुदान उपलब्ध गराएको थियो ।  कम्तिमा ४ लिटर दूध उपलब्ध गराउन सक्ने  किसानलाई गाउँपालिका भित्रकै दुग्ध सहकारी संस्था मार्फत सिफारिसका लागि जानकारी गराएको थियो । गाउँपालिकाले दुईवटा भैंसी बराबर आर्थिक बर्ष २०७७/७८ को बजेटमार्फत प्रति किसान ७५ हजार उपलब्ध गराएको थियो । 

    images
    images
    images

    तर केही किसानले विभिन्न बाहानाहरु बनाउँदै यसको दुरुपयोग गरेको पाइएको छ । वडा नम्बर ४ का किसान देवीप्रसाद पन्थले विभिन्न बाहाना गरेर अनुदानको दुरुपयोग गरेका छन् । उनले गाउँपालिकाबाट अनुदान लिनुभन्दा एक साता पहिले छिमेकीकोबाट भैंसी ल्याएर गोठमा बाधेँ । गाउँपालिकाबाट अनुगमन गरेर अनुदान पाइसकेपछी उनले त्यो भैंसी पुनः छिमेकी लाई फिर्ता गरे। "यो खबर हामीले पनि थाहा पाएका थियौँ, त्यो भएको रहेछ।" वडा सदस्य रुममाया सिंजालीले सेतोमसीसंगको कुराकानीमा बताइन् । 

    images
    images
    images

    पन्थले आफुले अनुदानमा ल्याएको भैंसी चित्त नबुझेको कारण आफुले बेच्नुपरेको  बताउँछन्  । भैंसीले मान्छेलाई हान्ने गरेकोले गोठमा बाधेको एक सातामै उक्त भैंसी हटाएको उनको जिकिर छ । 

    अनुदान पाउनको लागि पहिलेदेखि नै गोठमा भैंसी पाल्दै आउनुपर्ने भएपनी उनले अनुदान पाउनुभन्दा एक साता पहिले मात्रै ल्याएको र अनुदान पाइसकेपछि हटाएको आफ्नो नाम नखुलाउने सर्तमा एकजना किसानले भने। 

    सुचना प्राप्त गर्ने बित्तिकै गाउँपालिकाबाट उपाध्यक्ष सहितको टोलि अनुगमनमा गएको थियो । अनुगमनका क्रममा पनि उनको गोठमा दुईवटा भैंसी थिएनन् । पन्थले विभिन्न बाहाना बनाउँदै अर्को भैंसी किन्ने क्रममा रहेको उनले बताए। "हामीले समय तोकिदिएर पुन: भैंसी ल्याउन निर्देशन दिएका छौँ "उपाध्यक्ष नर्मदा भण्डारीले बताइन् । 

    त्यस्तै अर्का एकजना किसान निलकण्ठ पन्थले पनि  गाउँपालिकाले उपलब्ध गराएको अनुदानमा किनेको भैंसी बेचेका छन् । उनले आफ्नो श्रीमति बिरामी भएको र भैंसीको रेखदेख गर्न दु:ख भएको बताउँदै भैंसी बेचेका हुन् । यो खबर पनि गाउँपालिकामा पुगेपछि गाउँपालिकाले पुन: अनुगमन गरेको थियो। "हामीले उनलाई घाँसपात गर्ने मान्छेको ब्यवस्थापन गरेरै  भएपनि पुनः भैंसी ल्याउन निर्देशन दिएका छौँ । १७ गतेभित्र भैंसी ल्याउने गरि कागज बनाइएको छ।" उपाध्यक्ष भण्डारीले बताईन् । 

    गाउँपालिकाले वडा न.३ र ४ का १० जना किसानलाई अनुदान उपलब्ध गराएको थियो। गाउँपालिकाले उपलब्ध गराएको अनुदानमा किनेको भैंसी   कम्तिमा ३ बर्षसम्म पालेको हुनुपर्ने प्राबधान रहेता पनि गाउँपालिकालाई नै जानकारी नदिई बेच्नु गलत भएको गाउँपालिकाको ठहर छ।" भैंसीमा कुनै समस्या आएपनी अर्को भैंसी ल्याइसकेपछी मात्र त्यो भैंसी बेच्नुपर्ने हो, तर गाउँपालिकालाई नै जानकारी नगराई एक हप्तामै बेच्नु गलत हो।" वडा सदस्य रुनमाया सिंजालीले बताइन् । उनी आफै ती कृषकलाई सिफारिस गर्ने दुग्ध सहकारी संस्थाको अध्यक्ष पनि हुन् । 

    लापरबाही भएको थाहा पाएपछि त्यहाँका स्थानीय किसान वडामा कारबाहीको माग गर्दै पुगेका थिए। किसान गणेश पन्थी लगायत ५ जना किसानहरु अनुदानको दुरुपयोग भएको भन्दै आवश्यक कारबाहीको माग गर्दै वडामा पुगेका हुन् ।"वडा अध्यक्ष ज्युले त्यस्तो लापरबाही गरेकालाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।" गणेश पन्थले बताए। 

    "म लगायत धेरै किसान पहिलेदेखि नै भैंसी पाल्दै, दूध बेच्दै आइरहेका छौँ । तर जसको शक्ति उसको भक्ती हुने रहेछ । हामीहरुले एक रुपैयाँ पनि अनुदान पाउन सकेनौं" - उनले दुखेसो पोखे। "म सङ्ग ८/९ वटा बाख्रा पनि छन् तर न भकारो सुधारको लागि अनुदान पाएको छु न त अन्य अनुदान" उनले थपे । वास्तविक किसान पहिचान गरि अनुदानको न्यायोचित वितरणको गर्नको लागि वडालाई  ध्यानाकर्षण गराइएको उनले बताए। 

    अनुदान उपलब्ध गराउनुभन्दा पहिले नै ३ पटक अनुगमन गरेर गाउँपालिकाले अनुदान दिएको थियो । गाउँपालिकाको प्रयासलाई किसानहरुले साथ दिनुपर्ने हो तर उनीहरु नै गाउँपालिकाको आँखोमा छारो हाल्न खोजेको देखिन्छ । यसले वास्तविक, सोझा र मेहनती  किसान मारमा परेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।