Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

रजत महोत्सव मनाउँदै गुरुङ भाषा पढाउने नेपालको पहिलो विद्यालय

रजत महोत्सव मनाउँदै गुरुङ भाषा पढाउने नेपालको पहिलो विद्यालय

images
  • रजत महोत्सव मनाउँदै गुरुङ भाषा पढाउने नेपालको पहिलो विद्यालय
    images
    images

    देवदह । रूपन्देहीको देवदह-५ मा संचालित गुरुङ भाषा पढाउने देशको पहिलो विद्यालय देवदह मदर टङ्स एकेडेमीले रजत महोत्सव मनाउने भएको छ । विद्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै विद्यालय स्थापना भएको २५औं वार्षिकउत्सवमा फाल्गुन ५ गते रजत महोत्सव मनाउने जनाएको हो । 

    images
    images
    images

    विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका अध्यक्ष भिमप्रसाद गुरुङले गुरुङ, मगर र थारू भाषा पढाउने गरि २०५३ सालमा सुरू गरिएको देवदह मदर टङ्स एकेडेमी २०५५ सालमा दर्ता भै संचालनमा आएको २५ वर्ष पुरा भएको अवसरमा रजत महोत्सव मनाउन लागिएको बताए । 

    images
    images
    images

    पत्रकारसंग कुरा गर्दै विद्यालयका प्राचार्य राम बहादुर गुरुङले रजत महोत्सवको अवसरमा रचनात्मक र सामाजिक उत्तरदायित्वका गतिविधि सहित फाल्गुन ५ गते रजत महोत्सवको मूल समारोह गरिने बताए । जसअनुसार माघ २३ गते गाउँ टोल सरसफाई र शिवालय सामुदायिक वनमा विद्यालयले असारमा गरेको वृक्षारोपणको गोडमेल, माघ २७ र २८ गते शिक्षक र अभिभावकबीच मैत्रीपुर्ण भलिवल, माघ २९ गते पुर्व विद्यार्थी र पुर्व शिक्षक पुनर्मिलन कार्यक्रम, फाल्गुन १ गते अभिभावक खेलकुद, खाना महोत्सव, विज्ञान प्रदर्शनी, रक्तदान र स्वास्थ्य शिविर, फाल्गुन २ गते सरस्वती पुजा र अक्षरारम्भ कार्यक्रम, फाल्गुन ३ गते मातृभाषा संरक्षण सम्बन्धि अन्तरक्रिया र फाल्गुन ५ गते मूल समारोहसंगै शुभकामना आदानप्रदान, स्मारिका विमोचन, कराँते काँता प्रदर्शन, सांस्कृतिक कार्यक्रम, बालप्रतिभा प्रदर्शन र साझ दिपावली गर्ने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    देवदह मदर टङ्स एकेडेमी.jpg
     पत्रकार सम्मेलनमा रजत महोत्सवको लोगो सार्वजनिक गर्दै विद्यालयका अध्यक्ष भिमप्रसाद गुरुङ, प्राचार्य रामबहादुर गुरुङ लगायत ।  

    मातृभाषा संरक्षणको लागि स्थापित विद्यालयले हाल मगर र गुरुङ भाषा सहित अंग्रेजी भाषामा समेत अध्यापन गराउंदै आएको छ । कक्षा ५ सम्म ऐच्छिक विषयको रूपमा गुरुङ र मगर भाषा सहित कक्षा १० सम्म अंग्रेजी भाषामा पठनपाठन गर्दै आएको विद्यालयमा हाल हाल १५० जना मगर भाषा र ९० जना विद्यार्थीले गुरुङ भाषा पढिरहेका छन् । 

    २०५३ सालमा ९० जना विद्यार्थीबाट सुरू गरिएको विद्यालयमा हाल ५४६ जना विद्यार्थी अध्ययनरत छन् भने ४२ जना शिक्षक कर्मचारी कार्यरत छन् । 

    विद्यालयबाट एसएलसी/एसइई उत्तीर्ण हुने विद्यार्थीको संख्या ४४३ रहेको र पुर्व शिक्षकको संख्या ९० रहेको विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।