देवदह । रुपन्देहीको देवदह ७ पिपलडाँडामा रहेको देवदह इङ्गलिस बोर्डिङ्ग स्कूलले २७ औं वार्षिकोत्सव तथा रजत महोत्सवको तयारी सुरु गरेको छ । आईतबार स्कूलले पत्रकार सम्मेलनको आयोजना गर्दै कोभिडका कारण रजत महोत्सव मनाउन नपाएकाले २७ औं वार्षिकोत्सवको अवसरमा रजत महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो । फागुन ६ गतेदेखि सुरु हुने महोत्सव १२ गते मुल समारोहको आयोजना गर्दै समापन हुने देवदह इङ्गलिस बोर्डिङ्ग स्कूलका प्राचार्य विष्णु प्रसाद पौडेलले जानकारी दिए।
२०७७ सालमा रजत महोत्सव परेपनि कोरोना भाईरसका कारण स्थिगित गरेको बताउँदै अहिले सहज परिस्थिती भएपछि रजत महोत्सवकै रुपमा वार्षिकोत्सव मनाउन लागिएको बताए । शैक्षिक , सामाजिक तथा खेलकुदका गतिविधि सञ्चालन गरेर महोत्सवको आयोजना गर्न लागिएको हो ।
विद्यालयले फागुन ६ गते सरसफाई तथा डस्टविन वितरण , ७ गते पुर्व विद्यार्थी तथा शिक्षक पुर्नमिलन , ८ गते देवदह स्तरिय मावि तह छात्र भलिबल प्रतियोगिता ,१० गते अभिभावक खेलकुद प्रतियोगिता तथा स्वास्थ्य शिविर , ११ गते पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रम र १२ गते मूल समारोहको आयोजना गरिएको पौडेलले जानकारी दिए ।
२०५३ सालमा स्थापना भएको स्कूलले २०६४ सालबाट एसएलसी परीक्षामा विद्यार्थीहरुलाई सहभागिता गराउँदै आएको विद्यालयका संस्थापक प्रिन्सिपल विष्णु प्रसाद पौडेलले जानकारी दिए। २०६४ सालको एसएलसीमा शत प्रतिशत सहित साविक पञ्चिमाञ्चल विकास क्षेत्रमा प्रथम स्थान हासिल गरेको बताउँदै उनले २०७५ सालको एसईई मा जिपिए ४ ल्याई जिल्लामा प्रथम हुँदै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे ।
विद्यालयबाट पास भएका अधिकाशं विद्यार्थी डाक्टर, ईन्जिनियर, वकिल, चार्टर एकाउन्टेण्ट, निजमाती कर्मचारी तथा सरकारी, गैरसरकारी क्षेत्रका महत्वपूर्ण पदमा आबद्ध भएका पुर्व विद्यार्थीलाई समेत रजत महोत्सवमा सम्मान गर्ने कार्यक्रम राखिएको प्रिन्सिपल पौडेलले जानकारी दिए ।
विद्यालयमा अहिलेसम्म १ हजार ८० विद्यार्थीले एसईई उत्तिण गरेको र अहिले ९१५ विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका छन । नयाँ शिक्षा ऐन पारित भएमा नयाँ पाठ्क्रम सहितको कक्षा ११ र १२ सञ्चालनको तयारीमा रहेको विद्यालयले बताए ।
महोत्सवको अवसरमा हुने भलिबल प्रतियोगितामा प्रथम ५ हजार, दोश्रो ३ हजार र तेश्रो २ हजारसहित मेडल तथा ट्रफि पुरस्कार प्राप्त गर्ने विद्यालयले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology