Logo

२०८३, श्रावण २७गते


images
images

खुल्यो इजरायल रोजगारीको आवेदन, तलब करिब दुई लाख हुने

खुल्यो इजरायल रोजगारीको आवेदन, तलब करिब दुई लाख हुने

images
  • खुल्यो इजरायल रोजगारीको आवेदन, तलब करिब दुई लाख हुने
    images
    images

    काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि अनलाइन आवेदन आह्वान गरेको छ। विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन आज(मंगलबार) खुल्ला गरेको हो।

    images
    images
    images

    रोजगारीमा जान चाहनेले विभागको वेवसाइटमा गएर अनलाइन फाराम भर्नका लागि आग्रह गरिएको छ। सरकारी संयन्त्र (जीटुजी)मार्फत इजरायलमा कामदार पठाउने सम्झौता भए अनुसार विभागले औपचारिक रुपमा आवेदन खुल्ला गरेको हो । विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक लैजाने छ।

    images
    images
    images

    विभागको जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक नेपाली रुपैयाँ करिब १ लाख ९३ हजार हुन्छ। इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्ने छन्। एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ।

    images
    images
    images

    बिभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत अर्थात ३ सय जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७ सय जना महिला कामदारले रोजगारको आवसर पाउनेछन्।

    के चाहिन्छ आवेदन फारम भर्न?:

    आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ।आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ।

    आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ।

    आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ। आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्ने छ। आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ। आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्ने छ।

     

    223839196_529586488459787_6500031691623612519_n-650x524.jpg

    223201290_416753762969227_7701122268176611535_n-650x431.jpg

    219699744_4329563413831441_4074535906147046773_n-650x271.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोजगारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।