काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गगन थापा र विश्वप्रकाश शर्माहरु दुलोमा पसेको आरोप लगाएका छन् । शाक्यले काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा यस्तो बताएका हुन् ।
‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उनको भनाइ छ । ‘अब स्थानीय तहको निर्वाचन फागनुमा हुँदैछ। त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ। हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भने, ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ ।
म गगन थापा, विश्वप्रकाश शर्माहरुलाई पनि मुलुकमा निर्दलीय होइन, दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस् भन्ने सुझाव दिन्छु । तर, उहाँहरु अब बोल्नुहुन्न । उहाँहरु दुलो पसिसक्नु भयो । अब हामी बोल्छौँ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology