Logo

२०८३, श्रावण २७गते


images
images

तत्काल विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

तत्काल विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

images
  • तत्काल  विद्यालय बन्द नगर्न प्याब्सनको  आग्रह
    images
    images

    चैत्र २९, बुटवल- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले तत्काल  विद्यालय बन्द नगर्न आग्रह गरेको छ। प्याब्सनले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

    images
    images
    images

    प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि भौगोलिक, अभिभावकको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता आदिका कारण ५० प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न नसकेको विगतको लकडाउनबाट पुष्टि भएको बताएको छ।
    साथै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ। उसले संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने अवस्था आए सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने माग समेत राखेको छ।

    images
    images
    images

    प्याप्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा ‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरीअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौँ’, भनिएको छ ।

    images
    images
    images

    ‘२०७६ चैत्र ११ गतेबाट गरिएको लकडाउनले नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै लकडाउन मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विद्यालयहरु अघिल्लो लकडाउनपछि शिक्षा मन्त्रालयले जारी गरेको कार्यढाँचाअनुसार सञ्चालन भएको भन्दै प्याब्सनले थप सावधानी अपनाउन आग्रह गरेको छ ।

    प्याब्सनले विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नगराउन विशेष भूमिका निर्वाह गर्न पनि सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको  छ। आफ्ना बालबालिकालाई संक्रमणबाट जोगिन मास्क तथा सेनिटाइजर प्रयोग गर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्यवर्धक खानपिन गराउनेजस्ता कार्यमा सहयोग पुर्याईदिन प्याब्सनले आम अभिभावकलाई अनुरोध गरेको छ ।

    त्यस्तै प्याब्सनले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न समेत माग गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।