काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।
उनले भने,‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन् । महाभियोग लगाउन त्यति सजिलो छैन् । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’
उनले कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चूनौति दिए । उनले भने,‘महाभियोग लगाएरमात्रै हेर्नुहोस, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन् ।
महाभियोग लगाएरमात्रै के गर्नु ? त्यो पारित हुन संख्यापनि पुग्नुपर्यो नि । पास हुँदैन् ।’ तर, सभामुखमाथि महाभियोग लगाईए अवस्था के हुन्छ ? भन्दै उनले भने,‘धेरै साथीभाईहरुमाथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौति दिन चाहन्छु ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology