अनिष पन्थी, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा निषेधाज्ञा साउन २० गतेसम्म लम्बाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन २० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।
यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाको समय अबधिभर पसलहरु बिहान ७ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने छन् ।
परिक्षालाइ मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गरि मध्यम तथा लामो दुरिका यातायात सन्चालन गर्न पाउने भएका छन ।
जिल्लाभित्र निर्माण सामाग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन । शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology