Logo

२०८३, श्रावण २७गते


images
images

'कृषिलाई व्यावसायिक बनाउन सकेमात्र आर्थिक विकास'

'कृषिलाई व्यावसायिक बनाउन सकेमात्र आर्थिक विकास'

images
  • 'कृषिलाई व्यावसायिक बनाउन सकेमात्र आर्थिक विकास'
    images
    images

    देवदह ।  कृषिलाई व्यावसायिक बनाउन सकेमात्र आर्थिक विकास गर्न सकिने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । 

    images
    images
    images

    सारथी कृषि सहकारी संस्था देवदको पाँचौं बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमका वक्ताहरुले सहकारीको माध्यमबाट शेयर सदस्यहरुको जीवन स्तर उकास्न सकिने बताउदै सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए । उनीहरुले युवाहरुलाई कृषिमा जोडन आवश्यक रहेको बताउदै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नको लागि सहकारीहरुले रोजगारमुलक कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको औल्याए । 

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह–५, वडाअध्यक्ष एवं नगर प्रवक्ता गणेशप्रसाद डुम्रेले आमनागरिक उत्पादनसंग जोडिन नसक्दा समृद्धितर्फ उन्मुख हुन नसकेको   बताए । चिन्तन परिवर्तन गर्न सकेमात्र हरेक क्षेत्रको समस्या समाधान गर्न सकिने बताउदै उनले सामुहिक खेती प्रणालीले मात्र उत्पादन बृद्धि गर्न सकिनेमा जोड दिए । सहकारीहरुले शेयर सदस्यहरुलालई सीप प्रदान गरी व्यवसायीक बनाउन सकेमात्र सदस्यहरुको जीवनस्तर बृद्धि हुने उल्लेख गर्दै  प्रवक्ता डुम्रेले उत्पादन बृद्धि गर्नको लागि सहकारीसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको  बताए । 

    images
    images
    images

    सहकारी संस्थाका अध्यक्ष डिल्लीराम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आर्दश बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वासुदेव रिमाल, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रमोद खनाल, निर्माण बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष मोतीलाल ढकाल, निरन्तर महिला साकोसका अध्यक्ष मिना पौडेल, साना किसान कृषि सहकारी संस्था देवदहका व्यवस्थापक सरला सुवेदी लगायतले विचार राखेका थिए । 

    कार्यक्रममा ७० बर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।