Logo

२०८३, श्रावण २७गते


images
images

गमलामा फलफूल बिरुवा खेती गर्ने कसरी गर्ने

गमलामा फलफूल बिरुवा खेती गर्ने कसरी गर्ने

images
  • गमलामा फलफूल बिरुवा खेती गर्ने कसरी गर्ने
    images
    images

    काठमाडौं । जहाँ बिरुवा र फूल छन् त्यहाँ वातावरण नै सुन्दर हुन्छ । कुनै व्यक्तिलाई मनमा केही नकारात्मक कुरा खेलिराखेको छ भने बगैँचामा बिरुवा लगाइराखेको देख्नासाथ मन शान्त हुन्छ । बिरुवा रोप्नाले वातावरण पनि स्वस्थ देखिन्छ । आज हामी गमलामा विभिन्न जातका फलफूल बिरुवा खेती कसरी गर्ने यो सम्बन्धमा केही जानकारी गराउनेछाै । 

    images
    images
    images

     

    images
    images
    images

    वाहिरी मुलुक जापानमा जापानीज आरुबखडा (जापानीज उमेबोसी) फूल फुल्दा ८-१० मिटरसम्म पनि बास्ना आइरहने र फल पनि फल्दछ, जापानमा यो फललाई सिङ्गै अचारको रूपमा प्रयोग गरिन्छ । नेपालमा कागतीका सिङ्गै दाना सिसीमा राखी अचार बनाएजस्तै जापानमा पनि त्यही तरिकाबाट अचार बनाई खाने चलन छ । यस्तो बिरुवालाई पनि गमलामा रोपी फूल उत्पादन गर्न सकिन्छ । 

    images
    images
    images


    नेपाली आरु बिरुवाको हाँगाहरू पेन्सिल साइजको भइसकेपछि जेठको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म प्रत्येक हाँगाहरू कलमी गरी एउटै बोटमा आरु, आरुबखडा फलाउन सकिन्छ । यसरी तयार भएको बिरुवालाई २२-३० इन्चको गमलामा रोपी फल फलाउन सकिन्छ ।

     


    चैतको पहिलो र दोस्रो हप्तासम्म प्रत्येक हाँगाहरूमा कलमी गरी भाद्रदेखि कार्तिकसम्म फल्ने बिरुवा उत्पादन गरी गमलामा रोपी फलाउन सकिन्छ । गमलामा रोपेको बिरुवालाई वर्षको २ पटक पाकेको कम्पोस्ट या डिएपी मल हाल्नुपर्छ । एउटा गमलामा पाकेको कम्पोस्ट ५०० ग्राम, डिएपी १० ग्रामका दरले राखी गोडमेल गर्नुपर्छ । बिरुवाको उमेरअनुसार मल बढाउँदै लानुपर्छ । डिएपीमल हाल्दा बिरुवाको फेदबाट ४-५ इन्च फरक गरी देशी मल हाल्नुप नजिक हालेमा जरामा परी बोट मर्न सक्छ । यस्तै गरी गुलाफको बिरुवालाई पनि कलमी गरी फुलाउन सकिन्छ । एउटा हाँगामा रातो राखेको छ भने अर्को हाँगामा पनि कलमी गरी सेतो, पहेँलो, नीलो र कालो गुलाफ तयार गर्न सकिन्छ । यसरी तयार भएको बिरुवा गमलामा रोपी घरको छाना या बार्दलीमा राखी फूल र फल उत्पादन गरी फुलले बास्ना दिन्छ भने फलबाट प्रोटिन पाउन सकिन्छ ।

     

    गमलामा माटो भर्ने र बिरुवा रोप्ने तरिका गमलामा बिरुवा रोप्नुभन्दा १०-१५ दिनअगाडि माटो ५०५, पाकेको कम्पोस्ट २५%, बालुवा २५% राखी माटो मल मिलाई थुपारिराख्नुपर्छ । यसरी तयार भएको माटो गमलामा भर्नुभन्दा पहिले ढुङ्गा सानो टुक्रा या फुटेको गमलाको टुक्रा गमलाको प्वालमा मिलाई राख्नुपर्छ । यसरी तयार भएको गमलामा पतकर या घुस्नो केही मात्रामा गमलाको पुछारमा राखी माथि उल्लेख भएको माटो गमलामा भरिसकेपछि कलमी गरी सफल भएको बिरुवालाई गमलाको बीचमा रोप्नुपर्छ र बोटलाई फेदमा बिस्तारै थिचिदिने र बोटबाट ३, ४ इन्च फरक गरी एउटा बाँसको लट्ठी गाडी अङ्ग्रेजी अक्षरको आठ (8) जस्तो गरी सुतलीले बिरुवा र लट्ठीमा बाँध्नुपर्छ । जसले गर्दा बोट हल्का सर्छ र बाङ्गो हुनबाट बचावट हुन्छ । यसरी रोपेको बिरुवालाई बोटको छेउमा कुनै बाक्लो कागज या सानो ढुङ्गा राखी त्यसमाथि पानी दिने र त्यसपछि एक दिन बिराई पानी दिनु भुल्नु हुँदैन । जब बिरुवा सर्दछ, त्यसपछि गमलालाई छतमा राखी फल फलाउन सकिन्छ । जसको जग्गा कम छ त्यो व्यक्तिले यो तरिका प्रयोग गरी बिरुवा छतमा राखेर पनि फल उत्पादन गर्न सक्तछ ।

    लेखक रेशम अधिकारी सेतोमसीका पत्रकार साथै केरवानी मा वि मा
    कृषि विषयमा (iscag) अध्यन गरेका हुन । 

    यो पनि पढ्नुहोस 

    बोध स्वतः हुन जान्छ, जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ । 

    यो पनि पढौं
     

    कृषिलाई विविधीकरण गरी व्यवसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नुपर्ने खाँचो बढ्दो छ । कृषिक्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डका रूपमा रहेको कुरा आवधिक योजनाहरूमा यस क्षेत्रको विकासका निम्ति दिइएको महत्वबाट स्पष्ट हुन्छ । राजधानी काठमाडौंसहित घना सहरी क्षेत्रमा बढ्दो कौसी खेती आफ्नो आवश्यकतापूर्ति गर्नुका साथै उपलब्ध विकल्पबाट थप आय आर्जन गर्न सक्ने विधि बन्दै गएको छ ।

     

    उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ । उपत्यकामा दैनिक १ हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ । हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५०० देखि ६०० टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । वर्षांैदेखि सञ्चालनमा आएको कालिमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलान्चोकलगायतबाट बढी मात्रामा तरकारी भित्र्याउने गरेको छ । कालिमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ । उक्त बजार समितिका भनाइअनुसार मागअनुसार पूर्ति गर्न सकेको छैन । 

     

    नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् । तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पु¥याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको कृषक गुनासो गर्छन् । यसरी आपूर्तिमा समस्या भइरहेका समयमा कौसी खेती नयाँ विकल्प बन्न पुगेको हो । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बालीनालीजस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । 

     

    विशेष गरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ । यस्तो कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ । 

     

    यसमा सागबाली, कोसे बाली, लहरे बाली, जरे बालीजस्तै चम्सुर, पालुंगो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौँला, काँक्रो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदिलगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बालीकौसी खेतीका लागि उपयुक्त हुन्छ । 

     

    कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ । केही समयअघि स्पेक्ट्रो फोटोमिटर नामको उपकरणले देश–विदेशबाट भित्रिएका कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएको फेला परेको चर्चाले सर्वत्र त्रास फैलायो । विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मिर्गौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिने चिकित्सकहरूले जानकारी दिए । 

     

    अहिले विषादीको हल्ला कम भए पनि यसको जोखिम कम भएको छैन । यस्तो हल्लासँगै भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो हामीसँग त्यसको सजिलो विकल्प छ । अझ भन्नुपर्दा कौसी खेतीले हरियाली ल्याउनुका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ । यसका साथै, यसबाट घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ । बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बूढाबूढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन् । 

     

    बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । यसरी कौसी खेतीबाट उत्पादित ताजा तरकारीले हाम्रो दैनिक आहार सन्तुलनमा महत्वपूर्ण भूमिका पनि खेलेको हुन्छ । कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तत्व दिने खालका बालीनाली हुनुपर्छ । यस्ता तरकारी सेवनबाट हामी कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट समेत बच्न सकिन्छ । (लेख कारोबार दैनिकबाट)

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।