Logo

२०८३, आश्विन ९गते


images
images

सांसदले राजीनामा दिइसकेपछि फिर्ता लिएँ भन्दैमा पद फिर्ता हुदैन !

सांसदले राजीनामा दिइसकेपछि फिर्ता लिएँ भन्दैमा पद फिर्ता हुदैन !

images
  • सांसदले राजीनामा दिइसकेपछि फिर्ता लिएँ भन्दैमा पद फिर्ता हुदैन !
    images
    images

    नेकपा एमालेका सांसद भीम रावलले राजीनामा दिइसकेपछि उनको सांसद पद स्वतः रिक्त भएको कानूनविद्हरुले बताएका छन् । अब रावलले राजीनामा फिर्ता लिएँ भन्दैमा उनको सांसद पद फिर्ता नहुने कानूनविदहरुको तर्क छ । रावलले अब सांसदका रुपमा तलब भत्ता खाएमा त्यो बेरुजु र भ्रष्टाचार ठहरिने विज्ञहरु बताउँछन् ।

    images
    images
    images

    ​अछाम १ बाट निर्वाचित एमाले सांसद रावलले साउन ३ गते संसद भवनमा पत्रकारसामु लिखित अन्तरवार्ता पढेर आफूले राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि उनले सभामुखको सचिवालयमा लिखित राजीनामा बुझाएका थिए ।

    images
    images
    images

    रावलले शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको हुनाले घृणित राजनीतिक खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए ।

    images
    images
    images

    तर, लिखित राजीनामा दिइसकेका रावलले शुक्रबार एकाएक सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा पत्र फिर्ता लिएका थिए । सभामुख सापकोटाले रावलको लिखित राजीनामा फिर्ता दिँदै गरेको तस्बिरसमेत सार्वजनिक भएको छ । रावलको लिखित राजीनामा सभामुखले प्राप्त गरिसकेका थिए भन्ने यो तस्बिरले प्रमाणित गर्दछ ।

    ‘राजीनामा बुझाएपछि स्वतः पदमुक्त’

    संविधान र कानूनको प्रावधान हेर्दा सांसदले सभामुखलाई राजीनामा बुझाइसकेपछि स्वतः पदमुक्त हुने देखिन्छ । सभामुखले राजीनामा स्वीकृत गर्ने वा फिर्ता गर्न सक्ने संविधान र कानूनमा कतै व्यवस्था नरहेको कानूनविद बताउँछन् ।

    संविधानको धारा ८९ ले सांसदहरुको स्थान रिक्त हुने अवस्थाहरुको चर्चा गरेको छ । जसको (क) मा सांसदले राजीनामा दिएपछि ऊ स्वतः पदमुक्त हुने स्पष्ट लेखिएको छ ।

    यसबारे प्रतिनिधिसभा नियमावली २०७५ को दफा २१२ मा ‘स्थान रिक्तताको सूचना’ शीर्षकमा यस्तो लेखिएको छ–

    (१) संविधानको धारा ८९ बमोजिम कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी बैठकलाई दिनेछ ।

    (२) सभाको बैठक चालू नरहेको अवस्थामा सभामुखले त्यस्तो जानकारी सूचनापत्रमा प्रकाशन गराउनेछ ।

    (३) उपनियम (१) बमोजिम स्थान रिक्त भएको जानकारी सचिवले मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिनेछ र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।

    Screenshot_24_WYy7MnLFlV.png

    के भन्छ सभामुखको सचिवालय ?

    भीम रावलको लिखित राजीनामा कुन कानूनका आधारमा सभामुखले फिर्ता गर्नुभएको हो ? यो प्रश्नमा संसद सचिवालयले राजीनामा संसदमा दर्ता नै नभएको बतायो । संसद सचिवालय स्रोतले भन्यो, राजीनामा दिइसकेर फेरि किन फिर्ता लिनुभयो भन्ने नैतिक प्रश्न भीम रावलमाथि उठ्न सक्ला, तर सभामुखको सचिवालयमा यो राजीनामा दर्ता भएकै थिएन ।

    तथापि सभामुखकहाँ राजीनामा नआइपुगेको सचिवालयले तर्क गरे पनि शुक्रबार स्वयं सभामुखले नै रावललाई उनको लिखित राजीनामा फिर्ता दिँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।

    सचिवालय स्रोतले भन्यो, ‘विगतमा पनि सभामुखले सांसदको राजीनामा फिर्ता गरेको नजिर रहेछ, त्यही नजिरका आधारमा शुक्रबार रावलको राजीनामा फिर्ता गरिएको हो ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।