Logo

२०८३, श्रावण २७गते


images
images

बाजागाजा र किर्तनसहित देवदहमा आध्यात्मिक पद यात्रा हुने

बाजागाजा र किर्तनसहित देवदहमा आध्यात्मिक पद यात्रा हुने

images
  • बाजागाजा र किर्तनसहित देवदहमा आध्यात्मिक पद यात्रा हुने
    images
    images

    देवदह । देवदहमा आध्यात्मिक पद यात्रा हुने भएको छ । खैरेनीस्थित लोकेश्वर शिव मन्दिरको स्थापना तथा धान्य पूर्णिमाको अवसर पारेर पुष १० गते श्री हरिकिर्तन सत्संग सेवा केन्द्र देवदहले प्रथम देवदह ऐतिहासिक धार्मिक जागरण पदयात्रा गर्ने भएको हो । 

    images
    images
    images

    शनिबार देवदहमा पत्रकार भेटघाट गर्दै आयोजक संस्थाले मौलिक भजन किर्तनको जगेर्नासंगै देवदहको पर्यटन प्रवर्धनका लागि पदयात्रा आयोजना गरिएको जनाएको छ । देवदहको ऐतिहासिक महत्व तथा सनातन धर्मको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन धान्य पुर्णिमाको अवसरमा देवदह परिक्रमा गर्ने कार्यक्रम तय गरिएको श्री हरिकिर्तन सत्संग सेवा केन्द्रका अध्यक्ष कृष्णशरण भुसालले बताए ।

    images
    images
    images

    देवदहमा रहेका सबै मन्दिरको एउटै साझा संस्था निर्माण गर्ने र देवदहमा पदयात्रालाई नियमित गर्नको निम्ति श्री हरिकिर्तन सत्संग सेवा केन्द्र स्थापना गरिएको र सोही अनुसार देवदहका अधिकांश मन्दिर दाहिने पारेर देवदह परिक्रमा गर्ने कार्यक्रम बनाईएको संस्थाका प्रमुख संरक्षक तिलकप्रसाद काफ्लेले जानकारी दिए । 

    images
    images
    images

    पुष १० गते मंगलबारको दिन बिहान १० बजे लोकेश्वर मन्दिरबाट पदयात्रा सुरू हुने र प्रगतिबजार, तारकेश्वर मन्दिर, कोटियामाई, सिंगाहादुर्गा मन्दिर, विजयपुर हुँदै भवानीपुर मायादेवी मन्दिर, डमरूवा दुर्गा मन्दिर, पाकरी वृक्ष, बैरीमाई, कन्यामाई,  मोक्षेश्वर, महाकाली शक्तिपीठ, बनचौकी शिव मन्दिर, शीतलनगर दुर्गा मन्दिर, लक्ष्मीनगर राधाकृष्ण मन्दिर, मितेरी गाउँ दुर्गा मन्दिर परिक्रमा गरि पुन: लोकेश्वर मन्दिरमा पुगेर पदयात्रा समापन हुने आयोजकले जनाएको छ । 

    पद यात्राले पाँच सयदेखि सातसय जनाको सहभागितामा बाजागाजा र किर्तन सहित नगर परिक्रमा गर्ने जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पद यात्रा
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।