देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीको नेतृत्व विकाश गर्ने साथै सम्पूर्ण विद्यार्थीहरुलाई प्रजातान्त्रिक प्रणालीमा निर्वाचनको महत्व बुझाउने उद्देश्यले आज क्याप्टेन र सह–क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गर्ने उक्त निर्वाचनबाट विद्यालयले शैक्षिक सत्र २०८० का लागि विद्यार्थी प्रतिनिधि प्राप्त गर्ने छ ।
उत्त निर्वाचनमा ४७५ मतदाता र ११ उमेदवार रहेको निर्वाचन अधिकृत सुमन पाण्डेले जानकारी गराए । उक्त निर्वाचनको मत परिणाम अनुसार क्याप्टेन पदमा कक्षा १० का आशिष खरालले २९७ मत सहित विजय भए भने सह–क्याप्टेनका रुपमा सुमन कंडेल १७६ मत सहित निर्वाचित भएका छन् ।
विजयी उमेदवारहरुलाई विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले शुभकामना व्यक्त गर्दै प्रमाण पत्र समेत वितरण गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology