Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा सामी परियोजनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

गुल्मीमा सामी परियोजनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

images
  • गुल्मीमा सामी परियोजनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
    images
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीमा सामी परियोजनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल गरिएको छ ।  सुरक्षित  वैदेशिक रोजगारीका लागि  स्थानीय तहका पदाधिकारी र सरोकारवालासङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।  

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खत्रीले बिदेश गएका नेपाली हरुलाइ नेपालमा ल्याउने वातावरण नेपालमा बसेकाले गर्नुपर्ने बताए । वैदेशिक रोजगार सुरक्षित तरिकाको हुनुपर्नेमा जोड दिदै 
    वैदेशिक रोजगारमा जानेलाई फरक खालको परामर्श दिनुपर्ने बताए ।

    images
    images
    images

    सामी परियोजना लुम्बिनी प्रदेशका व्यवस्थापक  पन्चराम चौधरीले स्थानीय सरकारको जिम्मेवारीलाइ प्रभावकारी बनाउन भुमिका खेल्ने बताए ।  वैदेशिक रोजगारीको परिवेश, यस्का कानुनी प्राबधान , यस्को आवश्यकता र भुमिका र वैदेशिक रोजगार बोर्डबाट दिएका सेवाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
    वैदेशिक रोजगारमा  ८० प्रतिशत मानिस काम गर्न जाने गरेको 
    र त्यसमा ९ प्रतीशत बढी महिला वैदेशिक रोजगारमा जाने तथ्यांक भएको बताए । हालसम्म  गुल्मीमा ७१  हजार बढिले श्रम स्वीकृत लिएको जानकारी दिए ।

    images
    images
    images

    अबको १० बर्षमा युथ लेस टुथ लेस हुने अनुमान रहेको बताउँदै यस्लाइ रोक्न देशमा पनि रोजगारीको स्थापना गर्नुपर्ने बताए ।
    अर्घाखाँची पाल्पा र गुल्मीमा प्रदेश सरकारको केहि आर्थिक सहयोगमा सामी परियोजना संचालन भएको छ । अबका दिनमा सामीलाइ थप प्रभावकारी तथा गुणस्तर बनाइने बताए ।


    गुल्मीमा रेसुङ्गा नगरपालिकाको बजेट र प्रदेशको बजेबाट जिल्लाको रेसुङ्गा नगरपालिकाले सुरुवात गरेको छ तर सेवा भने १२ वटै स्थानीय तहका नागरिकले सेवा पाएका छन ।
    कार्यक्रमको समापन गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिकामा सामी कार्यक्रम गर्न प्रदेश सरकारले गरेको सहयोग प्रती धन्यवाद दिए ।
    अबका दिनमा तल्लो तहबाटै यो कार्यक्रमलाई प्रभावकारी बनाइने बताए ।  सीप सिकेर मात्र बिदेश जान आग्रह गर्दै 
    रोजगारी सिर्जना गर्ने कर्तव्य स्थानीय तहको भएको बताए ।

    कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा समन्वय समिती गुल्मीको  सभाहलमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।