Logo

२०८३, श्रावण २७गते


images
images

देवदहले तीन करोड १५ लाखको नदिजन्य पदार्थ चाइना स्टेटलाई बेच्ने, दुई महिनामा सडक निर्माण गर्ने समझदारी

देवदहले तीन करोड १५ लाखको नदिजन्य पदार्थ चाइना स्टेटलाई बेच्ने, दुई महिनामा सडक निर्माण गर्ने समझदारी

images
  • देवदहले तीन करोड १५ लाखको नदिजन्य पदार्थ चाइना स्टेटलाई बेच्ने, दुई महिनामा सडक निर्माण गर्ने समझदारी
    images
    images

    देवदह । देवदह नगरपालिका र चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ्ग कर्पोरशनबीच नदिजन्य पदार्थको खरिद विक्री सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच देवदह नगरपालिकाले देवदहका विभिन्न खोलाबाट तीन करोड १५ लाख बढी मूल्यको नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने र चाइना स्टेट कन्सट्रक्सनले पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत देवदह क्षेत्रभित्रको कम्तिमा एकतर्फी सडक दुई महिनाभित्र निर्माण गर्ने गरि सम्झौता भएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

    सम्झौता अनुसार चाइना स्टेट कन्सट्रक्सनले देवदहको घोडाहा खोला तल्लो खण्ड देवदह-८ बाट ग्राभेल दुई लाख ५० हजार २८ घन फिट र भस्कट एक लाख १३ हजार ७ घन फिट तथा रोहिणी खोला राजमार्ग पुलभन्दा माथि देवदह १० बाट ग्राभेल आठ लाख  ५६ हजार  ३८१ घन फिट र भस्कट पाँच लाख ६१ हजार ५०३ घन फिट उत्खनन गर्नेछ । आयोजनाले त्यस वापतको तीन करोड १५ लाख १५ हजार २९७ रूपैयाँ चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ्ग कर्पोरशनले देवदह नगरपालिकालाई एकमुष्ट बुझाउने छ । 

    images
    images
    images

    नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा १२ बमोजिम ठुला, रुपान्तरणकारी, राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयेजनाको लागि विशेष व्यवस्था तथा देवदह नगरपालिकाको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन गर्न बनेको कार्यविधि २०७७ (पहिलो संसोधन २०७९) र देवदह नगरपालिका नगर कार्यपालिकाको मिति २०८० मंसिर २७ को निर्णय बमोजिम चाइना स्टेट कन्सट्रक्सनसंग सम्झौता गरिएको देवदह नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    सम्झौतामा देवदह नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ्ग कर्पोरशनको तर्फबाट कम्पनीका कार्यवाहक कन्ट्रयाक म्यानेजर देङ्ग जिओङ्गले हस्ताक्षर गरेका छन् । जसको नगरपालिकाको तर्फबाट नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, राजश्व शाखा प्रमुख विष्णु प्रसाद बस्याल, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख रवि पाण्डे तथा आयोजनाको तर्फबाट मेजर डेपुटी म्यानेजर कोदुरु सत्यानारायण रोहवर बसेका छन् । 

    सम्झौताका शर्तहरू यस प्रकार छन् :

    १. नदीजन्य पदार्थको उत्खनन् गर्ने स्थानमा परिमाण खुल्ने गरि होर्डिंड बोर्ड अनिवार्य रुपले दोस्रो पक्षले सर्वसाधरणले देख्ने गरि राखु पर्नेछ र निर्धारण गरिएको उत्खनन् स्थानको चिन्ह नमेटिने गरि उत्खनन् कार्य गर्नुपर्नेछ ।
    २. नदीजन्य प्रदार्थहरु घाटगद्दी स्थल तोकि निर्धारित स्थानबाट मात्र आयोजना स्थलसम्म लाने व्यवस्था मिलाउनु पर्नेछ ।
    ३. घाटगद्दी स्थल तोक्दा सम्बन्धित जग्गाधनिको मंजुरीनामा र सम्बन्धित वडाको सिफारिस दोस्रो पक्षले प्रथम पक्षलाई बुझाउनु पर्नेछ। ढुवानी कार्य विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म गर्नुपर्नेछ ।
    ४. प्रथम पक्षले बिक्रि गरेको नदीजन्य पदार्थ आयोजनाका लागि मात्र प्रयोग गर्ने व्यवस्था आयोजना प्रमुखले मिलाउनु पर्नेछ । अनुगमन समिति वा प्रथम पक्षबाट अनुगमन हुँदा आयोजनाको निर्माण कार्यमा वाहेक अन्यत्र प्रयोग भएको पाइएमा अनुगमन समितिले आयोजना प्रमुखलाई सम्बन्धित निकायमा कारवाहीका लागि लेखि पठाउनेछ। यस्तो कार्यमा संलग्न सवारी साधन र मेशिनलाई प्रथम पक्षले आफ्नो नियमनुसार जरिवाना समेत गर्नेछ ।
    ५. नदीजन्य पदार्थको उत्खनन् संकलन गरि घाटगद्दी क्षेत्रबाट आयोजना स्थलसम्म लाने क्रममा उल्लेखित शर्तहरु पालना भए नभएको सम्बन्धमा अनुगमन समिति तथा प्रथम पक्षले अनुगमन गरि आवश्यक निर्देशन दिन सक्नेछ । निर्देशन पालना गर्ने दायित्व दोस्रो पक्षको हुनेछ ।
    ६. यस देवदह नगरपालिका खोला तथा खोलाहरुको उत्खनन् क्षेत्र र उत्खनन् परिमाणका सन्दर्भमा संघीय कानुन, स्थानीय सरकार संचालन ऐन २०७४, लुम्बिनी प्रदेश कानुन, नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७७ (पहिलो संशोधन २०७९ सहित) नदीजन्य पदार्थहरुको उपयोग सम्बन्धमा भएको अध्ययन प्रतिवेदन एवं बातावरणीय परीक्षण प्रतिवेदन यस संझौताको अभिन्न अंग रहने छन्।
    ७. नदीजन्य पदार्थ उत्खनन् संकलन तथा ओसार पसार गर्न प्रयोग हुने मेसिन तथा सवारी साधनको प्रथम पक्षबाट अनुमति लिनुपर्ने छ।
    ८. दुवानी गर्दा नजिक रहेको सडक, बन तथा खोला नालाको किनारा, घाटलाई कुनै हानी नोक्सानी नहुने र सर्वसाधारण जनताको घरजग्गामा कुलो बाँधमा क्षति नहुने गरी डुवानी गर्नुपर्नेछ।
    ९. यस सम्झौतामा उल्लेखित उत्खनन् क्षेत्र वाहेक नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ओसार पसार कार्य राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, सामुदायिक वन र नेपाल सरकारले निषेध गरेको स्थानहरुबाट गर्न पाइने छैन ।
    १०. नदीजन्य पदार्थ उत्खनन् गर्दा संधीय सरकारको डुङ्गा, गिट्टी, बालुवा उत्खनन् विकी तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ४ (४) बमोजिम गर्नुपर्नेछ ।
    ११. नेपाल सरकार या प्रथम पक्षलाइ प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने अन्य कर दस्तुर शुल्क आदि सबै दोस्रो पक्ष स्वंयमले सम्बन्धित निकायमा बुझाउनु पर्नेछ। तत्पश्चात मात्र उत्खनन् कार्यको लागि कायदिश दिइनेछ ।
    १२. उत्खनन् तथा व्यवस्थापन कार्यमा कुनै विवाद परेमा त्यस्तो विवादको समाधान प्रचलित कानुन बमोजिम देवदह नगरपालिकाको निर्णय अन्तिम हुनेछ ।
    १३. उत्खनन् तथा संकलन गरिने नदीजन्य पदार्थको (घाटगद्दी गरिएको। मौजाद आर्थिक वर्ष २०८०/८१ को अन्तसम्म शुन्य गर्नुपर्नेछ। बाँकी रहन गएको परिमाणको हकमा देवदह नगरपालिकाको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७७ (पहिलो संशोधन २०७९ सहित) मा भएको व्यवस्था बमोजिम कारवाही प्रकृया अगाडी बढाइने छ ।
    १४. दोस्रो पक्षले तिरेको राजश्व जुनसुकै कारणमा पनि फिर्ता हुने छैन ।
    १५. खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा वातावरणमा प्रतिकुल प्रभाव पर्ने गरि कुनै पनि कार्य गर्न पाइने छैन ।
    १६. उत्खनन् क्षेत्रदेखि घाटगद्धि स्थल सम्म नदीजन्य पदार्थ ढुवानी गर्दा धुलो उडाई सवारी साधनमा नदीजन्य
    पदार्थ ओसार पसार गर्न पाईने छैन । धुलो नउड्नेगरी पानी छर्कने कार्य दोस्रो पक्ष स्वयंले व्यवस्थापन
    गर्नुपर्ने छ ।
    १७. नदीजन्य पदार्थ ढुवानी गर्दा ढुवानी गर्ने साधनलाई माथिबाट वाक्लो त्रिपालले ढाकी ढुवानी गर्नु पर्नेछ।
    १८. दोस्रो पक्षले यस सम्झौतामा उल्लेखित सम्पुर्ण शर्तहरु पुर्णरुपले पालना गर्नुपर्नेछ र सो को नियमित रुपमा प्रथम पक्षबाट अनुगमन हुनेछ । यस्तो अनुगमनबाट शर्त उलंघन भएको पाइएमा प्रथम पक्षले जुनसुकै बेला सम्झौता तोड्न सक्नेछ र यसबाट दोस्रो पक्षलाई हानी नोक्सानी हुन गएमा प्रथम पक्ष जिम्मेवार हुने छैन र त्यसको क्षतिपुर्ति दिइने छैन।
    १९. नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्दा भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पर्ने असरहरुलाई कम गर्ने प्रकियाहरु अवलम्बन गरि ढुङ्गा, गिट्टी, बालुवा आदि संकलन तथा ढुवानी गर्नु पर्नेछ ।
    २०. नदीजन्य पदार्थ उत्खनन् स्थलसम्म जाने बाटो मर्मत गर्ने अवस्था आएमा दोस्रो पक्ष आफैले मर्मत गर्नु पर्नेछ। सो बापत लागेको खर्च प्रथम पक्षसंग दावि गर्न पाइने छैन ।
    २१. मुख्य मार्गबाट नदीजन्य पदार्थ उत्खनन् स्थल सम्म जाने आउने बाटो निर्माणको कार्य गर्दा निजि जग्गामा पर्ने भए सम्बन्धित जग्गाधनीको मन्जुरीनामा लिनु पर्नेछ र वन क्षेत्र भएर जाने भए बन कार्यालयसंग
    सम्पर्क र समन्वय राखी दोस्रो पक्षले बाटो निर्माण गर्नु पर्नेछ ।
    २२. उल्लेखित शर्तहरूका आधारमा सम्झौता गर्न आउँदा आयोजना संचालन गर्ने सम्झौतापत्र तथा सम्झौता
    गर्ने व्यक्तिको लागी फर्मको आधिकारीक प्रतिनिधि Power of Attorney लिई आउनु पर्नेछ ।
    २३. नदीजन्य पदार्थ उत्खनन् कायदिश जारि गरेको मिति देखि संझौता अनुसारको परिमाण उत्खनन् संकलन नभएसम्म प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन (IEE) ले गरेको समय सीमाको व्यवस्था बमोजिम उत्खनन् एवं संकलन कार्य समय अवधि हुनेछ।
    २४. नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा संलग्न हुने कर्मचारी वा कामदारहरुको बीमा र प्रयोग गर्ने सुरक्षा सामाग्री तथा औजारहरुको व्यवस्था दोस्रो पक्ष स्वयंले गर्नु पर्नेछ ।
    २५. स्वीकृत वातावरणीय प्रतिवेदनमा उल्लेख भएका वातावरणीय प्रभाव न्युनिकरणको उपायहरुको पुर्णपालना गरी नदीजन्य पदार्थको उत्खनन् संकलन तथा ओसार पसार गर्नुपर्नेछ ।
    २६. नदीजन्य पदार्थ उत्खनन् गर्दा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित जि.पि.एस. विन्दुमा नगरपालिकाले रेखाइन गर्नेछ र सो क्षेत्रवाट मात्र उल्लेखित परिमाण उत्खनन् गर्नुपर्नेछ ।
    २७. प्रचलित ऐन नियम बमोजिम खरिद विक्रीको शर्त तथा दररेटमा कुनै संशोधन भएमा संशोधनमा भएको व्यबस्था चमोजिम हुनेछ ।
    २८. यस खरिद विक्री सम्झौतामा उल्लेखित क्षेत्र बाहेक अनुमति नदिएका खोला तथा घाटगद्दी गरिएका स्थानहरुबाट नदीजन्य पदार्थको उत्खनन् एवं ढुवानी गर्न पाइनेछैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।