Logo

२०८३, आश्विन ९गते


images
images

त्रिविको दीक्षान्तमा ७३ हजार बढी दिक्षित हुँदै, गिनिज बुकमा नाम लेखाउने तयारी

त्रिविको दीक्षान्तमा ७३ हजार बढी दिक्षित हुँदै, गिनिज बुकमा नाम लेखाउने तयारी

images
  • त्रिविको दीक्षान्तमा ७३ हजार बढी दिक्षित हुँदै, गिनिज बुकमा नाम लेखाउने तयारी
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार हुँदैछ।

    images
    images
    images

    ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए।

    images
    images
    images

    त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ।

    images
    images
    images

    यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनेछन्।

    एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन्।

    यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक/कर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ।

    पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारीसाधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ। त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ।

    पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको बन्दोवस्त गरिएको छ।

    विश्वमा सबैभन्दा धेरै विद्यार्थी एकैपटक दीक्षित गराउने विश्वविद्यालय को रूपमा नाम लेखाउने तयारी गरिएको छ । जसको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डको टिमलाई जानकारी गराईएको जनाईएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।