Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीमा पनि मनाइयो ३९ औ विपी स्मृति दिवस

गुल्मीमा पनि मनाइयो ३९ औ विपी स्मृति दिवस

images
  • गुल्मीमा पनि मनाइयो ३९ औ विपी  स्मृति दिवस
    images
    images

    गुल्मी ।  नेपाली कांग्रेस गुल्मीले वीपी स्मृति दिवस मनाएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो । 

    images
    images
    images

    वीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरि जिल्लास्थित पार्टी कार्यालय परिसरमा बिरुवा रोपेर ३९ औं वीपी स्मृति दिवस मनाइएको हो । नेपाली काँग्रेस गुल्मीका भुवन प्रसाद सभापति श्रेष्ठले काँग्रेस पछिल्लो पटक सिद्धान्तमा अलमलिएको बताए । दीनदुखी र गरिबहरुका लागि काँग्रेसले स्पष्ट निति बनाउनुपर्ने उल्लेख गर्दै उनले महामानव कोइरालाले देखाएको बाटोमा हिड्नु पर्ने बताए । वीपीको राष्ट्रिय मेलमिलापको नीति र सैद्धान्तिक मान्यता अहिलेको सङ्कटपूर्ण अवस्थामा पनि नकार्न नसकिनेमा उनले जोड दिए । वर्तमान अवस्थामा नेपाली काङ्ग्रेसमा वीपीका विचार र सिद्धान्तको अभाव महसुस हुन थालेको बताए । 

    images
    images
    images

    नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनमा योगदान दिँदै मुलुकलाई जोखिमपूर्ण अवस्थाबाट जोगाउन आफ्नो ज्यानको समेत चिन्ता नलिने वीपीको सम्झना गरेर उनको चिन्तनबाट प्रेरणा लिन आजको दिनको विशेष महत्व रहेको बताइएको छ । १०४ वर्षीय राणा शासनको समूल अन्त्यको लागि क्रान्ति गरेर नेपालमा प्रजातन्त्र स्थापनार्थ वीपीले पुर्याएको योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको सचीव खिलध्वज पन्थीले बताए । 

    images
    images
    images

    काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, कोषाध्यक्ष हरिबहादुर खत्री सहित जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।