Logo

२०८३, आश्विन ९गते


images
images

'माधव नेपाल लाल गद्दार होईन, राजनेता हो'- विष्णु रिजाल

'माधव नेपाल लाल गद्दार होईन, राजनेता हो'- विष्णु रिजाल

images
  • 'माधव नेपाल लाल गद्दार होईन, राजनेता हो'- विष्णु रिजाल
    images
    images

    काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् । उनले भने,‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख हो । प्रमुख नेता हो । 

    images
    images
    images

    माधव नेपाल यो देशको सम्मानित राजनेता हो ।’ उनले आफूहरु एमालेलाई एकताबद्ध र सक्रिय बनाउन लागिपरेको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको लागि कार्यदलले हप्तौं लगाएर तयार पारेको प्रस्ताव र दस्तावेजलाई लागु गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    उनले माधव नेपालबिनाको एमाले बनाउने कल्पना कसैले पनि नगरेको जिकिर गरे । उनले भने,‘व्यक्तिका रुपमा आफ्ना आफ्ना शैली छन् । तर, पार्टी एकता अनिवार्य शर्त हो ।’ उनले एकताको अहिलेपनि सम्भावना रहेको दाबी गरे । उनले आजको एमाले भनेको ओली र नेता नेपालबीचको सहकार्य नै रहेको सुनाए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु रिजाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।