Logo

२०८३, आश्विन ९गते


images
images

बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

images
  • बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब
    images
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । 

    images
    images
    images

    सरकारमा क–कसलाई पठाउने भन्नेबारे पौडेल पक्षमा छलफल चलिरहेको छ । उता, यसपटक बिनोद चौधरी पनि कांग्रेसबाट मन्त्री बन्ने चर्चा चलेको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त हुनेबित्तिकै उनी अर्थमन्त्री बन्ने चर्चा थियो ।

    images
    images
    images

    तर, अर्थमन्त्री भने माओवादी केन्द्रबाट जनार्दन शर्मा बनिसकेका छन् ।चौधरीले सरकारमा सहभागी भएर काम गर्ने भनेर ईच्छा त व्यक्त गरेका छैनन् । तर, उनलाई पार्टीभित्रैबाट सरकारमा जानको लागि दबाब आएको छ । चौधरी सरकारमा सहभागी भए भने परराष्ट्र वा स्वास्थ्य मन्त्री बन्ने आँकलन गरिएको छ ।

    images
    images
    images

    सत्ता समिकरण मिलाउँदा कांग्रेसले पाउने मन्त्रालयमध्ये राम्रो मन्त्रालयमा चौधरी जानसक्ने चर्चा छ । तर, चौधरी आँफैले भने अहिलेसम्म मन्त्री बन्नको लागि कुनै दौडधुप भने गरेका छैनन् । 

    चौधरीलाई मन्त्री बनाउनको लागि स्वयम प्रधानमन्त्री तथा पार्टी सभापति देउवा पनि खुशी हुने बुझिएको छ । उता, महामन्त्री डा. शशांक कोइराल पनि चौधरीलाई मन्त्री बनाउन चाहन्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिनोद चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।