Logo

२०८३, आश्विन ९गते


images
images

प्रेन्साले गृहमन्त्रीलाई दिइन् अपराधबाट देश जोगाउने सुझाव

प्रेन्साले गृहमन्त्रीलाई दिइन् अपराधबाट देश जोगाउने सुझाव

images
  • प्रेन्साले गृहमन्त्रीलाई दिइन् अपराधबाट देश जोगाउने सुझाव
    images
    images

    काठमाडौं । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका ह'त्या, हिंसा र ब'लात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाउनुभएको छ ।

    images
    images
    images

    आइतबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उहाँले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाउनु भएको हो ।

    images
    images
    images

    समाजमा नकारात्मक प्रभाव धेरै परिरहेको बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई यस्ता अपराधबाट कसरी जोगिने भन्ने कुरा सानैदेखि सिकाउन र कडा कानून बनाएर अपराधीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

    images
    images
    images

    अहिले त आफुहरु जस्ता बालबालिका र महिला दिदीबहिनीलाई बाटोमा निस्किन डर लाग्छ भन्दै यो डर भगाउने गरी सरकारले कडा कानून ल्याएर काम गनुपर्योमा रेग्मीले गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

    यस्तै गृहमन्त्री खाँडले सरकारले बालबालिका, महिला र युवाहरुको सोच, क्षमताबाट समाज बनाउन कसरी प्रेरित गर्ने भन्ने कुरा अबको आवश्यक्ता रहेको बताउनुभयो ।

    सबै नागरिकले आफ्नो जीवन स्वतन्त्र भएर जिउन पाउनुपर्ने बताउँदै गृहमन्त्री खाँडले सम्पूर्ण नागरिकको जीवन रक्षा राष्ट्रको पहिलो दायित्व भएको बताउनुभयो । राज्यको निर्माण नै नागरिकको जीवन रक्षाको लागि हो, 

    गृहमन्त्री खाँडले भन्नुभयो, राज्य प्रणालीमा भएका कमीकमजोरीलाई सुधार्दै सुरक्षास्थितीलाई बलियो र सुदृढ बनाउने प्रयासमा सरकार लागेको उहाँले दाबी गर्नुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।