Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाको अध्यक्षमा पुन: मरासिनी

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाको अध्यक्षमा पुन: मरासिनी

images
  • सेतोमसी सहकर्मी
  • नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाको अध्यक्षमा पुन: मरासिनी
    images
    images

     गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाको अध्यक्षमा पुन: नमराज मरासिनी चयन हुनुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशनबाट मरासिनी निर्विरोध निर्वाचित हुनभएको हो । 

    images
    images
    images

    स्थापना भएको २ वर्षपछि गरिएको अधिवेशनमा नयाँ कार्यसमिती गठन गरिएको छ । जसमा उपाध्यक्षमा के.पी भण्डारी, कोषध्यक्षमा धुव्र पाण्डे, सचिवमा कृष्णप्रसाद पाण्डे र सदस्यहरुमा विरबहादुर कार्की, अर्जुन भण्डारी, सन्तोष कुवँर क्षेत्री, प्रकाश रिजाल र विन्दु वि.क सर्वसम्मत चयन हुनुभएको छ ।

    images
    images
    images

    तम्घास टेक्निकल शिक्षालयको सभाहल तम्घास, गुल्मीमा सम्पन्न प्रथम अधिवेशनमा नेपाल स्वयंसेवी रक्तदान समाज गुल्मी जिल्ला शाखाले सोही संस्थामा योगदान पुर्याएका व्यक्तीहरुलाई सम्मान गरेको छ । उक्त संस्थाका आजिवन सदस्यहरु, रक्तदाताहरु र संस्थालाई आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई संस्थाले सम्मान गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखा उपाध्यक्ष के.पि भण्डारीले स्वागत मन्त्यव राख्नुभएको थियो । रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुख हरिबहादुर के.सी लगायतका अन्य संघसंसंस्थाका प्रतिनिधीले शुभकामना मन्त्यव राख्नुभएको थियो।

    नेपाल स्वयंसेवी रक्तदान समाज गुल्मी जिल्ला शाखाका नमराज मरासिनीले प्रगती प्रतिवेदन तथा आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। २ वर्षमा ४० हजार आम्दानी खर्च भएको प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको मुख्य उद्देश्य बिरामिको ज्यान जोगाउनको लागी ब्लड डोनेसन गर्नु रहेको बताउनुभयो । 

    प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले गुल्मी जिल्लामा रक्तसञ्चारलाई स्थापना गरेकोप्रती सम्पूर्ण स्वंयसेविप्रती आभार प्रकट गर्नुभयो । उहाँले उद्योग वाण्जिय संघले जिल्ला अस्पतालमा रक्तदान गर्नुका साथै भौतिक एंवम आर्थिक सहयोग गरेको बताउनुभयो ।
     
    उक्त संस्थाका सल्लाहकार संयोजक शेरबहादुर थापाले धन्यवाद मन्त्यव राख्दैं रेडक्रसको भातृ सङ्गठन स्वयंसेवी रक्तदान समाज रहेको बताउदैं रेडक्रसले सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । 

    संस्थाका सचिव कृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रमको समापन संस्थाका अध्यक्ष मरासिनीले गर्नुभएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।