Logo

२०८३, श्रावण २७गते


images
images

बझाङमा फेरि गयो भुकम्प

बझाङमा फेरि गयो भुकम्प

images
  • बझाङमा फेरि गयो भुकम्प
    images
    images

    बझाङमा भूकम्प गएको छ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

    images
    images
    images

    बझाङ केन्द्रबिन्दु बनाएर असोज १६  गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए।

    images
    images
    images

    दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।

    आज पाँच दिनपछि बझाङमा पुनः भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    जयपृथ्वी नगरपालिकाका उपमेयर रतन बहादुर सिंहले भूकम्पको धक्का महशुस भएको जानकारी दिए। यसअघिका भूकम्पले चर्किएका घरहरू हिजो रातिको भूकम्पले थप चर्किएको उनले बताए। अन्य भौतिक क्षति भएको जानकारी नआएको र आफूले बुझिरहेको उनले बताए।

    भूकम्पले भौतिक तथा मानवीय क्षति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू बझाङ पुगेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।