पोखरा । पोखरा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र,काठमाडौं र गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा पोखरामा कत्थक नृत्य प्रस्तुती गरिएको छ ।
कार्यक्रमको मुख्य आर्कषणको रुपमा भारतकी स्थापित कत्थक नृत्य कलाकार तथा प्रशिक्षक रञ्जना फड्के रहेकी थिइन् । ३० वर्ष भन्दा बढी समयदेखि कत्थक नृत्यको क्षेत्रमा सक्रिय फड्केलाई नृत्य प्रस्तुत गर्न विगत १० वर्षदेखि कत्थक नृत्यमा सक्रिय बनिरहेका रसिला गांगल र सुरवीले साथ दिएका थिए ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जित प्रकाश आले मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंकी निर्देशक आशावरी बापट, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति निशा शर्माले कत्थक नृत्य तथा यो कार्यक्रम आयोजना गर्नुको कारण बारेमा समेत उपस्थित दर्शकलाई जानकारी गराए । यस अगाडि काठमाडौं र विराटनगरमा समेत यो कार्यक्रम भएको थियो
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा प्रतिष्ठानको भानु हलमा आयोजना भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए गण्डकी प्रज्ञा–प्रतिष्ठानले यस्ता कार्यक्रमलाई निरन्तर आयोजना गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology