Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा धेरै पर्यटन भित्र्याउन पोखरा–मुग्लिन सडक छिटो सक्नुपर्छ : भारतीय राजदूत

पोखरामा धेरै पर्यटन भित्र्याउन पोखरा–मुग्लिन सडक छिटो सक्नुपर्छ : भारतीय राजदूत

images
  • पोखरामा धेरै पर्यटन भित्र्याउन पोखरा–मुग्लिन सडक छिटो सक्नुपर्छ : भारतीय राजदूत
    images
    images

    पोखरा ।  पोखरामा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले भारतीय पर्यटकलाई पोखरा भित्र्याउन मुग्लिन पोखरा सडकको स्तरोन्नति छिट्टो सक्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    उनले भारतीय पर्यटकको गुनासो सडकमा रहेको भन्दै यसलाई छिट्टो सक्नुपर्नेमा दबाव दिए ।

    images
    images
    images

    पोखरा पर्यटन परिषद्ले पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै भारतीय राजदुत श्रीवास्तवले उक्त सडकको स्तरोन्नतिमा नेपालले हस्तक्षेप गर्नुपर्ने बताए ।

    images
    images
    images

    चीनियाँ कम्पनीले बनाइरहेको राजमार्गबारे कटाक्ष गर्दे भारतीय राजदुत श्रीवास्तवले राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको बताए ।

    उनले ड्यासमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापालाई हेर्दे राजमार्ग निर्माणका लागि अर्को पटक भारतीय कम्पनीलाई सम्झन आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # राजदूत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।