Logo

२०८३, आश्विन ९गते


images
images

ओली 'आउट' हुँदा मोदीलाई तनाव, दिएनन् देउवालाई बधाई

ओली 'आउट' हुँदा मोदीलाई तनाव, दिएनन् देउवालाई बधाई

images
  • ओली 'आउट' हुँदा मोदीलाई तनाव, दिएनन् देउवालाई बधाई
    फाइल फोटो : जनकपुरमा ओली र मोदी
    images
    images

    काठमाडौं । नवनियुक्त नेपाली प्रधानमन्त्रीहरूलाई सधै प्रत्यक्ष फोन र सामाजिक संजालमार्फत बधाई दिने भारतिय  प्रधानमन्त्री नरेन्द्र मोदिले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दूतावास मार्फत मात्रै बधाई पठाएका छन् ।

    प्रधानमन्त्रीले प्रत्यक्ष फोनबाटै बधाई दिने परम्परा तोड्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार प्रधानमन्त्री देउवालाई शिष्टाचार भेट गरे । परराष्ट्र मन्त्रालयसँगको समन्वयमा बुढानीलकण्ठ पुगेर भारत सरकारका तर्फबाट पुष्पगुच्छासहित उनले मौखिक बधाई  दिएका थिए । 

    मोदिले पछिल्लो समय खुफिया एजेन्सी 'रअ' प्रमुख सामन्तकुमार गोयल मार्फत ओलीसंग सम्बन्ध सुधार गरेका  थिए । नेपालको बलियो कम्युनिस्ट पार्टी फुटाउन र भारतले उतिबेलै नचाहेको नेपालको संबिधानलाई विफल पार्न भारतले ओलीलाई प्रयोग गरेको राजनीतिक बृतमा चर्चा छ । सत्ताका लागि जे पनि गर्न तयार हुने ओली पछिल्लो समय भारतका सबैभन्दा विश्वास पात्र समेत थिए । भारतीय एजेन्डाहरु नेपालमा लागू गर्न सहज बाताबरण बनाईदिदै आएका ओलीलाई सर्बोच्च अदालत मार्फत देउवा, प्रचण्ड र माधव नेपालले सडकमा हुत्याईदिएकोमा मोदिको चित्त दुखेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।