Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

खारेजी सुचीमा सुनवलको अस्नैया आदर्श क्याम्पस

खारेजी सुचीमा सुनवलको अस्नैया आदर्श क्याम्पस

images
  • खारेजी सुचीमा सुनवलको अस्नैया आदर्श क्याम्पस
    images
    images

    परासी। पश्चिम नवलपरासीको सुनवलमा रहेको अस्नैया आदर्श क्याम्पस खारेजी प्रक्रियाको सुचीमा परेको छ ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै अस्नैया सहित जिल्लाका ३ क्यापस खारेजी प्रक्रियाको सुचीमा पारेका हुन् ।

    images
    images
    images

    सुचीमा पर्नेमा परासी क्याम्पस रामग्राम, न्यु लाइफ कलेज बर्दघाट र  सोमनाथ बाबा क्याम्पस रहेका छन् ।

    images
    images
    images

    विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका क्याम्पस समायोजन नीति अघि सार्दै देशभरका १७५ क्याम्पसहरूको नामावली प्रकाशित गरेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो । तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ ।

    १ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन् ।

    दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरूमा ती क्याम्पस विद्यार्थी अभावमा सङ्कटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ ।

    त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो । गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ । तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ  ।

    त्रिविबाट सम्बन्धन प्राप्त तर सम्बन्धन नवीकरण नगरेका क्याम्पस/कलेजहरूको सूची

    Screenshot 2023-07-14 071427.png

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।