एजेन्सी । टर्की सेनाले उत्तरी इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ ।
प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेताहरु लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा रहेको बताइएको छ ।
गुफा, केही घरहरु मुख्य लक्ष्य राखिएको बताइएको छ । टर्कीका सुरक्षा बलहरु प्रायः उत्तरी इराकमा सीमापार कारबाही अभियानमा लागेका छन् ।
यो क्षेत्र लडाकुहरु लुक्ने ठाउँ रहेको बताइएको छ । जहाँबाट उनीहरु टर्कीबिरुद्ध आक्रमण गर्दछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology