Logo

२०८३, श्रावण २७गते


images
images

बालदिवस

देवदह -५ का बालदिवस विशेष कार्यक्रम : प्रशिक्षणदेखि प्रतियोगितासम्म

देवदह -५ का बालदिवस विशेष कार्यक्रम : प्रशिक्षणदेखि प्रतियोगितासम्म

images
  • देवदह -५ का बालदिवस विशेष कार्यक्रम : प्रशिक्षणदेखि प्रतियोगितासम्म
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ ले ५९औं बालदिवस विशेष कार्यक्रम सार्वजनिक गरेको छ । आगामी फाल्गुन २ गते बालमैत्री वडा घोषणा गर्ने तयारीमा जुटेको वडा कार्यालयले बालदिवसलाई सोही उद्धेश्य अनुसार मनाउने गरि कार्यक्रम तय गरेको जनाएको छ । 

    images
    images
    images

    भाद्र १३ गते वडा अन्तरगतका २१ वटै टोलविकास संस्थाबाट तथ्यांक संकलन गरेर बाल प्रोफाइल तयार गरेको देवदह-५ ले त्यसयता निरन्तर बालमैत्री शासन उन्मुख कार्यक्रम गरिरहेको छ । बालमैत्री स्थानीय शासनका ५१ सूचकमध्ये अधिकांश सूचक पुरा भैसकेको र बाँकी केही सूचक पुरा गर्न अभियान संचालन गरिरहेको वडा अध्यक्ष समेत रहेका देवदह नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।  

    images
    images
    images

    'देवदह-५ का बालबालिकाको स्वास्थ अवस्था, खोप, पोषण, विद्यालय भर्ना, बालबिवाह, बालश्रम लगायतका विभिन्न ५१ सुचकको अवस्थाको बास्तबिक तथ्यांक सहित बाल प्रोफाइल तयार गरिसकेका छौं' सेतोमसीसंगको कुराकानीमा उनले भने, 'बाँकी केही सूचक पुरा गर्न  पनि स्थानीयको भुमिका महत्वपुर्ण हुन्छ।  त्यसैले बालदिवसमा विविध प्रशिक्षणात्मक तथा सृजनशील कार्यक्रम अघि सारेका छौं।' वडा कार्यालयले तय गरेका ५९औ बालदिवस विशेष कार्यक्रमहरुमा टोल स्तरीय बालमैत्री स्थानीय शासन परिचय, बालमैत्री सुचक, बालमैत्री वडा बनाउन स्थानीयको भुमिका सम्बन्धि प्रशिक्षण, तीज गीत प्रतियोगीता, प्रतिभा प्रदर्शन कार्यक्रम लगायत छन् । 

    images
    images
    images

    शुक्रबार बिहान ७:३० देखि ८:३० सम्म बालमैत्री स्थानीय शासन परिचय, बालमैत्री सुचक, बालमैत्री वडा बनाउन स्थानीयको भुमिका सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम विभिन्न पाँच स्थानमा हुने वडा कार्यालयले जनाएको छ । सिद्धार्थ कलोनी र  बैकुण्ठनगर टोल विकास संस्थाको समन्वयमा बैकुण्ठनगर आमा समुहको भवनमा,  सगरमाथा, माथादेबी मार्ग र  नमुना हरियाली टोल विकास संस्थाको समन्वयमा बुद्ध सामुदायिक बन सभाहलमा,  मितेरी दुर्गा मन्दिर टोल, मितेरी टोल र माथादेबी टोलको समन्वयमा देवदह मदर टङ्र्स एकेडेमीमा, आदर्श टोल, पाल्पाली टोल र सत्यवती टोलको समन्वयमा युगज्योती माबिमा,  प्रगती बजार, कलुवा शान्तीटोल, लौकेस्वर टोल र गुरुङ्टोलाको समन्वयमा केरवानी माबिमा प्रशिक्षण हुने जनाईएको छ। 
     
    त्यसैगरी देवदह मदरर्टङ्स एकेडेमी ( मदरर्टङ्स बाल क्लब) मा  सामाजिक सद्भाव हाम्रो पहिचान, यसपालिको तीज विद्यार्थी अभियान विषयक तिज गित प्रतियोगिता, केरवानी माध्यमिक विद्यालय ( केरवानी बाल क्लब ) मा  बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयक तीज गीत तथा नृत्य प्रतियोगिता, देवदह बुद्ध पब्लिक इ बो स्कुलमा प्रतिभा प्रदर्शन कार्यक्रम र न्यु लुम्बिनी इबो स्कुलमा बाल दिवस विशेष तीज गीत प्रतियोगिता लगायतका कार्यक्रम हुने वडा कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।