रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० मा रहेको सीता माध्यमिक विद्यालयमा सिकाइ प्रवर्द्धनका लागि शैक्षिक मेला सम्पन्न भएको छ । विद्यार्थीको सिकाइलाइ प्रवर्द्धन गर्नका लागि सोइया महिला स्वावलम्बी संस्था द्वारा देवदह नगरपालिका भित्रका ६ विद्यालय छनोट गरि सो कार्यक्रम चरङ्गेको सीता माविमा अन्तिम कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा टेवा पुग्ने बताउँदा यस्ता कार्यक्रमहरु सबै विद्यालयमा हुनुपर्ने बताए । अहिलेको शिक्षण अभ्यासले ठूलो जमातमा बेरोजगारी सृजना गरिरहेको र यसलाइ परिमार्जित गरेर नया शिक्षण अभ्यास लागू गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरुले बनाएका कलाकृतीहरुलाइ प्रदर्सनमा राखिएको थियो । कोअप्रेटिभ लर्निङ्ग अन्तर्गत विद्यार्थी र शिक्षकलाइ तालिम उपलब्ध गराइ नया शिक्षण अभ्यासबाट अध्यापन गराइएको नमुना प्रस्तुत गरिएको थियो । यो विधीबाट अध्यन अध्यापन गर्दा अध्यापन गराउने शिक्षक र अध्यन गर्ने विद्यार्थीलाई निकै सहज भएको सो विद्यालयका शिक्षक र विद्यार्थीले बताए।
कार्यक्रम सीता मावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यक बहादुर सुनारको अध्यक्षता, विद्यालयका प्रअ उमाकान्त अधिकारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology