Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको धुर्कोट बन्यो जिल्लाकै पहिलो खरे घरका छानामुक्त स्थानीय तह 

गुल्मीको धुर्कोट बन्यो जिल्लाकै पहिलो खरे घरका छानामुक्त स्थानीय तह 

images
  • गुल्मीको धुर्कोट बन्यो जिल्लाकै पहिलो खरे घरका छानामुक्त स्थानीय तह 
    images
    images

    गुल्मी । जिल्लाकाे धुर्कोट गाउँपालिकाले जिल्लामै  पहिलो पटक  खरको छानामुक्त गाउँपालिका घोषणा गरेकाे छ । असार २८ गते सोमबार खरको छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरिएको हो । ब्यानर पढेर जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले खरको छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरेका हुन् । 

    images
    images
    images

    घोषणासभामा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल प्रतिवेदन पेश गर्दै खरको छानामुक्त पालिका धुर्कोट सम्भवतः देशमै पहिलो हुन सक्ने दावी गरे । हालसम्म ५ सय ४ वटा खरका छाना विस्थापित गरी जस्ता पाताले विपन्नहरुको घर छाईएको गाउँपालिका अध्यक्ष  पोखरेलले बताए । received_552036205822126.jpeg

    images
    images
    images

    त्यस्तै, नागरिक सुरक्षित अवास कार्यक्रम मार्फत थप १ सय ५७ घरधुरीलाई जस्ता पाता उपलब्ध गराईएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । जनता आबास कार्यक्रममार्फत विपन्न वर्गका लागि ३७ वटा घर निर्माण गरिएको तथा धुर्कोट गाउँपालिका ७ , वाग्ला ज्यामिरेकोटमा पहिरोका कारण उच्च जोखिममा परेको दलित बस्तीलाई एकिकृत नमुना बस्तीमा सार्नका लागि १८ वटा घर निर्माण गरिएको उनले बताए । 

    images
    images
    images

    त्यस्तै धुर्कोट गाउँपालिका भुकुम्पपछि गरिएका पुनःनिर्माण गरिएको ५ सय २९ वटा घर पनि निर्माण गरिएको उनले बताए । उक्त कार्य सम्पन्न गर्न कुल १९ करोड २९ लाख ९४ हजार १९ रुपैयाँ लगानी भएको पालिका प्रमुख पोखरेलले जानकारी दिए । खरका छानामुक्त धुर्कोट गाउँपालिका घोषणा जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीले गरेका थिए । ४ सय सिट क्षमताको प्यागोडा शैलीमा नवनिर्मित अत्याधुनिक सभाहलमा पहिलो कार्यक्रमका रुपमा खरको छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरिएको हो । 

    घोषणा सभामा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत काँशीराम पन्थी , कार्यपालिका सदस्य कमला घर्ती, नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, राष्ट्रिय जनमोर्चा धुर्कोटका अध्यक्ष सूर्य थापा, नेकपा माओवादी केन्द्रका निमबहादुर पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण घिमिरे, नेपाली कांग्रेसका नेता छन्द पहराई लगायतले आफ्ना भनाई राखेका थिए । 

    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवबहादुर खत्रीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख प्रेम खनालको सञ्चालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।