रुपन्देही । देवदह चोकमा हरेक हप्ताको शुक्रबार पाल्पाको माथागढीका कृषकले उत्पादन गरेको अर्गानिक हरियो सागसब्जि,फलफूल तथा तरकारीको बिक्री हुने गर्दछ ।
ताजा र अर्गानिक तरकारी बिक्रीवितरण गर्ने भएकाले तरकारी खरीद गर्नका लागि स्थानीयको भिड लाग्ने गरेको स्थानीय कृष्ण पौडेलले बताए।
माथागढीका किसानहरुले लगाएको कागती,निगुरो फर्सीको साग, तामा जस्ता विभिन्न ताजा तरकारीहरु खरिद गर्न पाउँदा स्थानीय बासिन्दाहरू निकै खुसी छ्न्।


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology