देवदह । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला क्षेत्र नं १ भित्रका काङ्ग्रेसका कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले काङ्ग्रेस जनताको पार्टी र सधै जनताको हितमा काम गर्ने पार्टी रहेको बताए । उनले काङ्ग्रेसका कार्यकर्ता एकजुट भएर काङ्ग्रेसको बिधान अनुसार अगाडि बढ्न सबैलाइ आग्रह गरेका छैन ।
सम्मेलनमा उपस्थित कार्यकर्ताहरुले कार्यक्रममा मंचासिन नेताहरुलाइ नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ को काङ्ग्रेस अवस्था र काम कर्तव्य बारे प्रश्न राखेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ का अध्यक्ष, सचीव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।
उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला क्षेत्र नं १ का सभापति हिरा बहादुर खत्रीले काङ्ग्रेस पार्टी निति र विधान अनुसार चल्ने पार्टी भएकाले काङ्ग्रेस सबै कार्यकर्तालाई इमानदारीताका साथ पार्टीका गतिविधिमा लाग्न आग्रह गरेका छन । उनले आफू नेतृत्वम हुँदा कसैप्रती पुर्वाग्रह नराखेको र रुपन्देही क्षेत्र नं १ का जनताको हकहितका लागि सदैव कटिबद्ध रहने बताए ।
कार्यक्रम करिव आठ सय काङ्ग्रेस कार्यकर्ताको उल्लेखनिय सहभागीता रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ का सभापति हिरा बहादुर खत्रीको सभापतित्व, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ का सचीव बैजनाथ सहानीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology