Logo

२०८३, आश्विन ११गते


images
images

सप्तकोशीमा तीन दशक यताकै उच्च बहाव, ५६ वटै ढोका खोलियो

सप्तकोशीमा तीन दशक यताकै उच्च बहाव, ५६ वटै ढोका खोलियो

images
  • सप्तकोशीमा तीन दशक यताकै उच्च बहाव, ५६ वटै ढोका खोलियो
    फाइल फोटो
    images
    images

    काठमाडौं । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिनयता निरन्तर परेको भारी वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च विन्दुमा पुगे सँगै ५६ वटै ढोका खोलिएको छ ।

    images
    images
    images

    सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेसँगै टटीय क्षेत्रमा उच्च सर्तकता अपनाउउन भनिएको हो ।

    images
    images
    images

    कोशीमा बिहान ९ः३० बजे गरिएको पछिल्लो मापनमा पानीको बहाव सामान्य घट्दै गइरहेको छ । मापन अनुसार प्रति सेकेण्ड ४ लाख २१ हजार क्युसेक पानी बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

    images
    images
    images

    अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । नदीमा पानीको बहाव सामान्य घटेपनि उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
    कोशीमा यसअघि सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेको रेकर्ड छ ।

    ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुनथालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारीसाधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सप्तकोशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।